सन्दीपले तीन विकेट लिएसँगै दबाबमा ओमान – Nepal Press

सन्दीपले तीन विकेट लिएसँगै दबाबमा ओमान

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएसँगै जारि एसीसी प्रिमियर लिग अन्तर्गतको खेलमा ओमान दबावमा परेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको ओमानविरुद्ध आफ्नो स्पेलको पहिलो ओभर बलिङमा आएका सन्दीपले एकै ओभरमा दुई विकेट लिए । उनले १२.३ ओभरमा आदिल शफिकलाई आउट गर्दै ओडीआई करियरमा सय सबैभन्दा छिटो विकेट लिँदै विश्वकीर्तिमान बनाएका थिए ।

यस्तै, १२औं ओभरको छैठौं बलमा जिसन मक्सुदलाई बोल्ड गर्दै दोस्रो विकेट लिए । त्यसपछि १४औं ओभरको पहिलो बलमा ओपनर कास्यप प्रजापतिलाई आउट गर्दै सन्दीपले तेस्रो विकेट लिए ।

नेपालका लागि जतिन्दरसिंहलाई आउट गर्दै ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । ओमानले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ७७ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर