कर्णाली प्रदेशमा एमालेको प्रमुख सचेतकमा टेकराज पछाई चयन
नेपाल प्रेस
२०८० वैशाख ८ गते १८:१५
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलकाे प्रमुख सचेतकमा पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाई चयन भएका छन् ।
नेकपा एमाले संसदीय दलकाे बिहीबार बसेको बैठकले पछाईलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो ।
संसदीय दलका नेता यामलाल कँडेलले दलको बैठकले सबैको सहमतिमा पछाईलाई प्रमुख सचेतक चयन गरेको नेपाल प्रेसलाई जानकारी दिए ।
पछाई जुम्ला प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर