राजनीतिक इपिसेन्टर बनेको ‘चितवन’ र कम्युनिष्ट आन्दोलन
देशकै मध्य भागमा पर्ने चितवन भौगोलिक हिसाबले जति उर्बर छ त्यत्तिकै मानिसहरूको चेतनाको पनि विकास भएको पाइन्छ । राज्य व्यवस्था तथा हरेक राजनीतिक परिवर्तनमा चलेका आन्दोलनका उभारहरूमा चितवनले देशलाई दिने सन्देश र त्यसले पाउने गरेको केन्द्रियताले पनि यहाँको राजनीतिक चेतको स्तर अझ प्रष्ट पार्दछ । पछिल्लो समय त चितवन राजनीतिक ‘हव’ कै रूपमा विकास भइरहेको छ ।
चितवनमा कम्युनिष्ट आन्दोलन
हुन त देशमा नै कम्युनिष्ट इतिहास लामो छैन । कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस आज मनाइँदैछ । चितवन त बस्ती नै ढिलो विस्तार भएको जिल्ला हो । तर, यहाँ २००७ सालमा तत्कालिन नेपाली कांग्रेसको मुक्तिसेनाले सदरमुकाम कब्जा गरेको घटना चर्चासँगै राजनीतिक चेतनाको लहरको सुरूआत भएको मानिन्छ ।
राजनीतिक चेतको विकास पनि यहाँ कम्युनिष्टहरूले नै विस्तार गरेको राजनीतिक घटनाक्रमको अध्ययनले देखाउँछ । २००६ वैशाख ९ गते नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएपनि चितवनमा कम्युनिष्ट आन्दोलनको सुरूआत २००८ सालदेखि भएको विभिन्न अध्ययनहरूबाट पुष्टि हुन्छ ।
२००८ सालमा व्यवसायको सिलसिलामा गौरीभक्त प्रधान काठमाडौँबाट आएर चितवनको चनौलीमा बसोबास गरे । तत्कालीन समयमा उनी कम्युनिष्ट पार्टीका उत्तर गण्डक प्रान्तीय समितिका सदस्य थिए । उनीपछि पूर्वी चितवन जुटपानीबाट बस्ती विकासमा क्रान्तिकारी काम गरेका किशोरचन्द्र ढुंगानालाई पनि क्रान्तिकारी अभियानका थालनीकर्ता मानिन्छ । ढुंगानाले किसानसभा समेत गठन गरेका थिए । (कार्की राजेन्द्र, चितवनको कम्युनिष्ट आन्दोलन : इतिहास)
एकातिर पुष्पलाल समूह पञ्चप्रति उदार बन्दै गएको र अर्कोतिर पुण्यप्रताप राणाको समिति भंग नहुँदै अर्को समिति निर्माण गरेपछि तत्कालीन समयमा कम्युनिष्ट पार्टीका दुई धार स्पष्ट रूपमा देखिएको थियो ।पार्टीभित्र विचलन आएपछि तत्कालीन वीरेन्द्र इन्टर कलेजमा प्राचार्यसमेत रहेका आनन्ददेव भट्ट, नरबहादुर खाँडसहित मिलेर कम्युनिष्टका कुनै पनि केन्द्रीय समूहमा आवद्द नरहने गरि २०२४ सालमा ननसेन्टर समूहको गठन गरेर कम्युनिष्ट आन्दोलन अघि बढाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी चितवनको इतिहासमा २०१६ साललाई महत्वपूर्ण वर्षको रूपमा लिइन्छ । सोही वर्ष जेठ महिनामा पुण्यप्रताप राणा, गौरीभक्त प्रधान, मदनमोहन जोशी तथा गुणबहादुर घले मिलेर नेकपा चितवन गठन गरे । पछि छविलाल आचार्य, जगतबहादुर श्रेष्ठ र टेकनाथ बराल थपिएर २०१७ सालमा सात सदस्यीय कमिटी निर्माण भएको थियो ।
तत्कालीन समयमा कम्युनिष्ट पार्टीले नेपाल भारतबीच भएको गण्डक सम्झौताको विरोध, राप्ती दुन परियोजनाकालमा गौचरण तथा पर्ति जमिनहरूमा जथाभावी बसोबास गराउने कार्य रोक्न गौचरन बचाऊ अभियान लगायत सञ्चालन गरेको विभिन्न अध्ययनहरूले पुष्टि गर्दछ ।
सोही वर्ष देशमा राजाले कू गरेर निर्दलीय व्यवस्थाको सुरूआत गरेका थिए । नेकपाको दोस्रो महाधिवेशनबाट महासचिव बनेका केशरजंग रायमाझीले राजाको निर्दलीय व्यवस्थालाई समर्थन गरेपछि पुष्पलालहरू उनीसँगबाट अलग भए । त्यसयता पटक पटक नेपाली कम्युनिष्ट आन्दोलन फुटको शिकार भएको देखिन्छ ।
नेपालमा हालसम्मकै कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा प्रत्येक १० वर्ष हाराहारीको समयमा फुट र जुटको श्रृंखला सामान्यजस्तै देखिन्छ । तत्कालीन समयमा पनि कम्युनिष्ट पार्टीभित्र पुष्पलाल र तुलसीलालबीच भएको मतभेदका कारण जिल्ला संगठनसम्म त्यसको असर देखियो । चितवनमा पनि त्यसको असरस्वरूप पुष्पलालनिकट समूहले नयाँ संगठन विस्तार गरेको थियो ।
चितवनमा २०१९ सालमा लक्ष्मीभक्त उपाध्याय, गौरीभक्त प्रधान, मदनमोहन जोशी, गुणबहादुर घले, यामबहादुर गुरुङ, पिताम्बर पौडेल, छविलाल लगायतले पुष्पलाल निकट नेपाल कम्युनिष्ट पार्टीको संगठन सुरूआत गरेका थिए । लक्ष्मीभक्त उपाध्यायले, हाम्रो सिर्जना आनन्ददेव भट्ट अंक १९२ मा उक्त संगठन निर्माणअघि चितवनमा कम्युनिष्ट संगठित नरहेको दाबी गरेका छन् ।
उक्त समय पुष्पलालनिकट समूहका नेकपाको नीति पञ्चायतका वर्गीय संगठनहरूमा भाग लिने र कब्जा गर्ने थियो । सोही नीति अनुरूप पञ्चायतका निर्वाचनहरूमा आफ्ना मान्छे निर्वाचित गराउँदै कम्युनिष्ट आन्दोलन थप बलियो बनाउँदै लगेको देखिन्छ । सोही नीतिलाई थप बल पुग्नेगरी डा. राजेन्द्र रेग्मी आफ्नो पुस्तक चितवनमा कम्युनिष्ट आन्दोलन :इतिहास पुस्तकमा भन्छन्, ‘नेपाली कांग्रेस र उसका कार्यकर्ताप्रति कठोर दमन गर्दै रहँदा नेकपा र उसका कार्यकर्ताप्रति पञ्चायती सरकार निकै उदार देखियो ।’
एकातिर पुष्पलाल समूह पञ्चप्रति उदार बन्दै गएको र अर्कोतिर पुण्यप्रताप राणाको समिति भंग नहुँदै अर्को समिति निर्माण गरेपछि तत्कालीन समयमा कम्युनिष्ट पार्टीका दुई धार स्पष्ट रूपमा देखिएको थियो ।पार्टीभित्र विचलन आएपछि तत्कालीन वीरेन्द्र इन्टर कलेजमा प्राचार्यसमेत रहेका आनन्ददेव भट्ट, नरबहादुर खाँडसहित मिलेर कम्युनिष्टका कुनै पनि केन्द्रीय समूहमा आवद्द नरहने गरि २०२४ सालमा ननसेन्टर समूहको गठन गरेर कम्युनिष्ट आन्दोलन अघि बढाएका थिए ।
तत्कालीन समयमा कम्युनिष्ट पार्टीले नेपाल भारतबीच भएको गण्डक सम्झौताको विरोध, राप्ती दुन परियोजनाकालमा गौचरण तथा पर्ति जमिनहरूमा जथाभावी बसोबास गराउने कार्य रोक्न गौचरन बचाऊ अभियान लगायत सञ्चालन गरेको विभिन्न अध्ययनहरूले पुष्टि गर्दछ ।
कलेजका प्राचार्य विद्यार्थी लगायत सम्मिलित उक्त समूहले विद्यार्थी युनियन बनाए । चितवनका कम्युनिष्ट हस्तीहरू विष्णु घिमिरे, टेकबहादुर थापा, अमिक शेरचन पनि यही समूहमा आवद्ध भएका विभिन्न दस्ताबेजहरूले देखाउँछ । सोही समयमा रामेश्वर मरहठ्ठाको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी रायमाझी समूह पनि गठन भएको थियो । पछि रायमाझी स्वयं कम्युनिष्ट नै रहेनन् ।
२०२५ सालमा तुलसीलाल अमात्य र पुष्पलाल अलग अलग बाटो लागेपछि चितवनमा पुष्पलाल समूह नै सबैभन्दा बढी क्रियाशील रहेको देखिन्छ । तर, पुष्पलाल समूहको चौथो केन्द्रीय सम्मेलनपछि भने चितवनका नेताहरू संगठनबाट अलग रहँदै गए । त्यसपछि २०३० सालमा गुणबहादुर घलेको पहलमा नयाँ कार्यसमिति बन्यो ।
२०१७ सालपछि नेकपाको फुट र मतभेद बढ्दै जाँदा जिल्ला तहसम्म त्यसको असर परेको देखिन्छ । राजा महेन्द्रको १७ सालको कू पछि पक्राउ परेका दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्य भएका मोहनविक्रम सिंह २७ सालको चैत्रमा छुटे । जेलमा रहेका अन्य कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र निर्मल लामा त्यसअघि नै निस्केका थिए । जेलबाट मुक्त भएका यी नेताहरू देशमा केन्द्रीय पार्टी बनाउने अभियानमा लागे । त्यसका लागि २८ सालको मंसिरमा ‘केन्द्रीय न्युक्लियस’ गठन भयो । देशभर छरिएका कम्युनिष्ट समूह, समर्थकलाई केन्द्रीय न्युक्लियसमा आवद्ध गराउने अभियान चल्यो । चितवनको ‘नन सेन्टर’ केन्द्रीय न्युक्लियसमा आवद्ध भयो । केन्द्रीय न्युक्ल्यिसले २०३१ सालमा भारत बनारसमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशन गर्यो । यो समूह नेकपा (चौम) का नामले चिनिन थाल्यो ।
जनमत संग्रहलगत्तै शून्य लगभगको अवस्थामा रहेको नेकपा माले चितवनले २०३७ सालको पुसमा जिल्ला संगठन पुर्नगठन गरि संगठन विस्तार अभियानमा केन्द्रित भएको थियो । तत्कालीन समयमा केन्द्रले २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कारको नीति लिएका कारण सांगठनिकरूपमा बलियो भइनसकेको मालेलाई जिल्लामा पनि निर्वाचन बहिस्कार गर्ने बल मिल्यो । २०४१ सालको उपनिर्वाचनमा नेकपा मालेले सांगठनिक विस्तार बलियो बनाएको भएपनि उक्त निर्वाचन पनि बहिष्कार गर्यो ।
२०२८ सालतिर झापामा युवाहरूले छुट्टै अभियान सुरू गरे । चिनियाँ नेता माओले चलाएको साँस्कृतिक क्रान्तिबाट अत्यधिक प्रभावित युवाहरूले भारत नक्सालवाडीका कम्युनिष्ट नेता चारु मजुमदारको ‘वर्गशत्रु खतम गर’ भन्ने सशस्त्र राजनैतिक कार्यक्रम अगाडि सारे । कोअर्डनेसन केन्द्र (कोके) नामबाट अगाडि बढेको यो समूहले तीव्र आलोचना र समर्थन प्राप्त गर्यो । कोकेमा पछि विभिन्न घटकहरू सामेल हुँदै गए । र २०३५ सालको पुसमा नेकपा (माले) नामको दल गठन भयो । झापा आन्दोलनबाट प्रभावित भएर यहाँका केही युवा कम्युनिष्टहरूले किसान आन्दोलन लगायतका आन्दोलनको योजना बनाएपनि प्रशासनको धरपकडका कारण सफल हुन भने सकेन ।
नेकपा (माले) र नेकपा (चौम) ३० को दशकका चर्चित कम्युनिष्ट घटकहरू हुन् । त्यो बेला अन्य घटकहरू पनि क्रियाशिल थिए । तर माले र चौमको प्रभाव अरुको भन्दा धेरै थियो । अहिले पनि नेपालमा विभिन्न कम्युनिष्ट घटक र समूह सक्रिय छन् । तर नेपाल कम्युनिष्ट पार्टी (एमाले) देशको ठूलो कम्युनिष्ट पार्टी हो ।
माओवादी घटकहरूको प्रभाव पनि कायमै छ । माले पार्टी र अरु समूहहरू मिसिएर २०४७ सालपछि एमाले भएको हो । माओवादी पार्टी पनि नेकपा (चौम)बाट टुटफुट र जुटको श्रृङ्खला पार गर्दै जन्मिएको हो । चौमको संस्थापक चितवन जिल्ला सचिव रहेका नरबहादुर खाँड नै नेकपा (माले)को संस्थापक सचिव भएका हुन् । चितवनमा तत्कालिन कोके र मालेको संगठन सुरूवात गर्न विष्णु घिमिरेको पहलले काम गरेको हो । नेकपा (चौम)मा रहेका घिमिरे सो संगठनबाट अलग रहेर कोके तथा माले निर्माणमा लागेका हुन् । घिमिरेको घरमा ३५ सालको मंसिरमा भएको भेलाले नरबहादुर खाँड सचिव रहेको संगठन निर्माण गर्यो । नेकपा (माले) केन्द्रले सो समितिलाई ३५ सालको फागुनमा मान्यता दियो ।
चितवनको कम्युनिष्ट आन्दोलनलाई प्रभावित पार्ने किसिमका केही घटना पनि भएका छन् । तिनीहरूमध्ये जुगडी संघर्ष, जुटपानी संघर्ष मुख्य हुन् ।
विभिन्न सचेत समूहले पटक-पटक कम्युनिष्ट पार्टीको गठन तथा विस्तार गरेपनि जनमत संग्रहमा भने तत्कालीन समयमा चितवनमा क्रियाशील नेकपा चौम, नेकपा मालेले आफ्नो प्रगतिशील भूमिका देखाउन सकेन । यही समयमा विद्यार्थी संगठनहरू पनि विभाजित भए । चितवनमा नेकपा मालेको औपचारिक कमिटी २०३५ सालमा मात्रै गठन भएकोले पनि २०३६ सालको जनमत संग्रहमा खासै भूमिकमा देखाउन नसकेको पनि विश्लेषण हुने गरेको छ । सोही जनमत संग्रहको विषयलाई लिएर तत्कालिन पार्टी सचिव नरबहादुर खाँडसहित केही नेता पार्टीबाट अलग भएका थिए ।
जनमत संग्रहलगत्तै शून्य लगभगको अवस्थामा रहेको नेकपा माले चितवनले २०३७ सालको पुसमा जिल्ला संगठन पुर्नगठन गरि संगठन विस्तार अभियानमा केन्द्रित भएको थियो । तत्कालीन समयमा केन्द्रले २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कारको नीति लिएका कारण सांगठनिकरूपमा बलियो भइनसकेको मालेलाई जिल्लामा पनि निर्वाचन बहिस्कार गर्ने बल मिल्यो । २०४१ सालको उपनिर्वाचनमा नेकपा मालेले सांगठनिक विस्तार बलियो बनाएको भएपनि उक्त निर्वाचन पनि बहिष्कार गर्यो ।
संगठन बलियो भइसकेको अवस्थामा २०४३ सालको निर्वाचनलाई भने नेकपा मालेले प्रतिष्ठाकै रूपमा लिएको थियो । उक्त निर्वाचनमा जिल्लाका कम्युनिष्टबीच एकताको प्रयत्न गरेपनि सफल नभएपछि एकल उम्मेदवारी दर्ता गराएको थियो । नेकपा मालेका उम्मेदवार जागृतप्रसाद भेटवाल १७ हजार आठ सय मतका साथ विजयी भएका थिए । उक्त आम निर्वाचन र भेटवालको जितले चितवनमा तत्कालिन समयमा पञ्चायतविरोधी तरंग उत्पन्न गराएको थियो ।
चितवनको कम्युनिष्ट आन्दोलनलाई प्रभावित पार्ने पाँच घटना
चितवनको कम्युनिष्ट आन्दोलनलाई प्रभावित पार्ने किसिमका केही घटना पनि भएका छन् । तिनीहरूमध्ये जुगडी संघर्ष, जुटपानी संघर्ष मुख्य हुन् । नेकपा मसाल किसान संघर्ष समूहको तत्कालीन उपाध्यक्ष रूपलाल विश्वकर्माको नेतृत्वमा पार्टीका सदस्यको सम्पत्ती पार्टीकरण गर्ने साथै विभिन्न बाहनामा गाउँ गाउँमा आन्दोलन मच्चाउँदै आएको थियो । सोही क्रममा जुटपानीमा ४ वटा घटना भए । पहिलो घटनामा स्थानीय पञ्चहरूले बेचविखन गरि ऋण तिर्ने र बाँकी रकम स्वयंले लिने गरि स्थानीय कुमालको जग्गा बिक्री गर्नेगरि मिलाएको जग्गा रूपलाल समूहको नेतृत्वले फिर्ता गराएको थियो ।
२०३५ सालको यो घटनापछि रूपलाल समूहको मनोबल बढ्यो र स्थानीय व्यापारीलाई लुटपाटको शैलीमा गएर धम्क्याउने, मालसामान लुटेर लैजाने काम गरे । पहिलो दोस्रो र तेस्रो घटनामा भौतिक क्षति र प्रशासनको धरपकड मात्रै भएको थियो । तर, पछिल्लो घटनामा धेरै उग्र गतिविधी भएपछि प्रशासनले गोली चलाउँदा एक स्थानीयको मृत्यु समेत भयो ।
केन्द्रमा २०४६ माघ २ गते सहाना प्रधानको अध्यक्षतामा बसेको बैठकले ७ वटा वाम घटक मिलेर संयुक्त वाममोर्चा गठन गर्ने निर्णय गरेपछि प्रजातन्त्र पाप्तीको आन्दोलनमा चितवनका पनि तत्कालीन समयमा क्रियाशिल पाँचवटा कम्युनिष्ट पार्टी मिलेर संयुक्त वाममोर्चा गठन गरेका थिए । उक्त समयमा नेकपा (माले), नेकपा (चौम), नेकपा (मार्क्सवादी), नेकपा (वर्मा) र नेकपा मानन्धर समूह क्रियाशील थिए ।
२०३४ सालमा पनि जुगेडी घटना भयो । जुगेडीका धर्म साहुको सफाया गर्ने भन्दै चेपाङहरूको समूह नै सहित जम्मा भएको भीडले व्यक्तिमाथि क्षति पुर्याउन नसके पछि धर्म साहूको मिलसहितको पसल नै लुटपाट गरेर सामान बोकेर उँभो लागे । तर, त्यतिबेला प्रशासनले जानकारी पाएर कारबाही गर्दा एकजना चेपाङको ज्यान गयो भने भीरबाट लडेर केही घाइते समेत भए ।
यो आन्दोलजको अगुवाइ रूपलाल विश्वकर्माकै समूहले गरेको थियो । एकताकेन्द्र बन्दा रूपलाल सामेल भए । एकताकेन्द्रमा फुट भयो । प्रचण्डहरू बाहिरिए । रूपलाल सुरूमा एकताकेन्द्रमै बसे, प्रचण्डसँग गएनन् । तर पछि एकताकेन्द्र पनि छाडे ।
वाम घटकको निर्माण
जनमत संग्रहको परिणाम र कम्युनिष्ट पार्टीले देखाउन नसकेको भूमिकाको कारण नेपाल मजदुर किसान पार्टीलगायत केही कम्युनिष्ट पार्टी पुनः फुटमा पुगे । २०३० को अन्तिमतिर नेकपा चौमका महामन्त्री मोहनविक्रम सिंह र अर्का महामन्त्री निर्मल लामा कारबाहीमा परेपछि चितवनमा पनि त्यसको असर परेको देखिन्छ । सो समयमा चितवनमा खम्बासिंह कुँबर केन्द्रीय पोलिटब्युरोमा थिए भने यस समूहको केन्द्रीय युवक कमिटीमा पुष्पकमल दाहाल, रामबहादुर थापा थिए । (खम्बासिंह कुँबर) त्यसपछि २०४७ सालमा एकताकेन्द्र नहुँदासम्म अमिक शेरचनको नेतृत्वमा गठित समितिले नेकपा चौमको अगुवाइ गरेका थिए ।
जिल्लाको कम्युनिष्ट राजनीतिमा क्रियाशिल तिनै युवाहरू २०४० सालमा चौम र त्यसमा आएको पटक पटकको फुटमा सहभागी रहेको पाइन्छ । २०५२ सालमा तत्कालिन माओवादीले सशस्त्र भूमिगत आन्दोलन नथाल्दासम्म नेकपा मशालबाट एकता केन्द्र र एकता केन्द्रबाट नेकपा (माओवादी) भइसकेका थिए । (चन्द्रहरी सुवेदी, चितवनको कम्युनिष्ट आन्दोलन :इतिहास) ।
केन्द्रमा २०४६ माघ २ गते सहाना प्रधानको अध्यक्षतामा बसेको बैठकले ७ वटा वाम घटक मिलेर संयुक्त वाममोर्चा गठन गर्ने निर्णय गरेपछि प्रजातन्त्र पाप्तीको आन्दोलनमा चितवनका पनि तत्कालीन समयमा क्रियाशिल पाँचवटा कम्युनिष्ट पार्टी मिलेर संयुक्त वाममोर्चा गठन गरेका थिए । उक्त समयमा नेकपा (माले), नेकपा (चौम), नेकपा (मार्क्सवादी), नेकपा (वर्मा) र नेकपा मानन्धर समूह क्रियाशील थिए ।
नेकपा गठनपछि जिल्लामा तत्कालीन एमाओवादीका तर्फबाट यमबहादुर परियार जिल्ला अध्यक्ष भए भने नेकपा एमालेका तर्फबाट तत्कालिन पार्टी अध्यक्ष कृष्णभक्त पोखरेल जिल्ला सचिव बने । नेकपा गठनपछि भएको प्रतिनिधिसभाका ३ मध्ये २ र प्रदेशसभाका ६ मध्ये ४ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएकोमा सबैजना विजयी भएका थिए । तत्कालीन नेकपाको लागि यही मतपरिणाम नै सबैभन्दा ठूलो उपलब्धि भएको देखिन्छ ।
उक्त समूहले केन्द्रीय नीतिबमोजिम नै कांग्रेस सम्मिलित मोर्चा गठन गरी संयुक्त जनआन्दोलनको आधार तयार गरेको तत्कालीन समयमा प्रकाशित साप्ताहिक विमर्श लगायतका पत्रपत्रिकाले छापेको पाइन्छ ।
देशमा संसदीय व्यवस्था स्थापित नहुँदै नेकपा माओवादीले १० वर्षे सशस्त्र युद्ध गर्यो । सशस्त्र युद्धका कारण अन्य राजनीतिक दलहरू पनि समस्यामा परे । यद्यपि, २०६२/२०६३ सालको जनआन्दोलनमा पनि नेपाल कम्युनिष्ट पार्टी एमालेसहित जिल्लाका राजनीतिक दलहरूले संयुक्तरूपमा सहभागिता जनाएका थिए । राजनीतिक व्यवस्था परिवर्तनका सबै आन्दोलनहरूमा चितवनका राजनीतिक दलहरू नै मिलेर सक्रिय सहभागी भए ।
देशमा प्रजातन्त्रको पुर्नवहालीको संसदीय व्यवस्थामा पनि पटक पटक कम्युनिष्ट घटकहरू जुट्ने र फुट्ने क्रम भने भइरहेको देखिन्छ । यसको पछिल्लो उदाहरण नेकपा एमाले, एकीकृत नेकपा माओवादी सहित केही कम्युनिष्ट घटक मिलेर २०७५ जेठ ३ गते नेकपा एमालेको गठनलाई पनि लिन सकिन्छ । नेकपा एमाले र माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरूपमा नेकपाको नामबाट पार्टी एकता गरेपनि उक्त गठबन्धन तीन वर्षसम्म पनि टिक्न सकेन । चितवनमा पनि यसको असर प्रत्यक्ष रूपले पर्ने नै भयो ।
नेकपा गठनपछि जिल्लामा तत्कालीन एमाओवादीका तर्फबाट यमबहादुर परियार जिल्ला अध्यक्ष भए भने नेकपा एमालेका तर्फबाट तत्कालिन पार्टी अध्यक्ष कृष्णभक्त पोखरेल जिल्ला सचिव बने । नेकपा गठनपछि भएको प्रतिनिधिसभाका ३ मध्ये २ र प्रदेशसभाका ६ मध्ये ४ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएकोमा सबैजना विजयी भएका थिए । तत्कालीन नेकपाको लागि यही मतपरिणाम नै सबैभन्दा ठूलो उपलब्धि भएको देखिन्छ ।
तर, केन्द्रमा नेकपामा तत्कालीन दुई अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद उत्पन्न भएपछि नेकपा चितवन पनि टुक्रियो । पुनः माओवादी र एमाले आ-आफ्नो दलमा फर्किए । नेकपा एमालेबाट तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपाल समूह पनि टुक्रिएपछि नेकपा एमाले चितवनका पूर्वअध्यक्ष समेत रहेका कृष्ण खनालसहित जिल्लास्तरका केही नेता नेकपा समाजवादी केन्द्रमा गए । जिल्लामा नै ठूलो शक्तिको रूपमा उदाएको कम्युष्टि घटक पुनः टुक्राटुक्रा भए ।
त्यसको असर पछिल्लो स्थानीय तह र आम निर्वाचनमा देख्न सकिन्छ । अहिले चितवनको दुई निर्वाचन क्षेत्रमा कम्युनिष्टका प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित जनप्रतिनधि छैनन् । भोलि क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।
चितवनमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतृत्वहरू र तिनको कार्यअवधि
१. नरबहादुर खाँड, नेकपा माले (२०३५-२०३६)
२. मुक्तिनाथ अधिकारी, मार्क्सवादी (२०३६-२०३७)
३. केदार न्यौपाने, नेकपा माले (२०३६-२०४४)
४. रामप्रसाद श्रेष्ठ, माक्र्सवादी (२०३७-२०४७)
५. युवराज कार्की, नेकपा माले (२०४४-२०४४)
६. विनोद घिमिरे, नेकपा माले (२०४४-२०४५)
७. काशीनाथ अधिकारी, नेकपा माले/नेकपा एमाले (२०४५-२०४७ । २०४८ -२०४९)
८. देवी ज्ञवाली, नेकपा एमाले (२०४७-२०४८/२०५८-२०६१)
९. डम्बर्र श्रेष्ठ, डम्बर्र श्रेष्ठ (२०४८-२०४८)
१०. विजय सुवेदी, नेकपा एमाले (२०४९-२०५०/२०६१-२०६६, तीन कार्यकाल)
११. विष्णु घिमिरे, नेकपा एमाले (२०५०-२०५४)
१२. शैलेन्द्र पिया, माले विभाजनकाल (२०५५-२०५८)
१३. हरि सापकोटा, नेकपा एमाले (२०५५-२०५८)
१४.कृष्णप्रसाद खनाल, नेकपा एमाले (२०६६-२०६९)
१५. जगन्नाथ थपलिया (२०६९ – २०७३)
१६. कृष्णभक्त पोखरेल (२०७३ देखि २०७५ जेठ ३ सम्म)
१७. यमबहादुर परियार, नेकपा (२०७५-२०७८)
१८. दिलकुमारी रावल पार्वती, नेकपा एमाले (२०७८ -२०७८)
१९. रामप्रसाद न्यौपाने, नेकपा एमाले (२०७८ माघयता)
स्रोत : नेकपा एमाले चितवन