आर्टिफिसियल इन्टेलिजेन्सले तयार गरेको अन्तर्वार्ता छाप्ने जर्मन सम्पादक बर्खास्त – Nepal Press

आर्टिफिसियल इन्टेलिजेन्सले तयार गरेको अन्तर्वार्ता छाप्ने जर्मन सम्पादक बर्खास्त

काठमाडौ । आर्टिफिसियल इन्टेलिजेन्सले तयार गरेको अन्तर्वार्ता छाप्ने जर्मन सम्पादक बर्खास्त भएका छन् । फर्मुला-१ का सातपटकका बिजेता माइकेल सुमाकोको अन्तर्वार्ता छाप्ने जर्मनीको म्यागजिन ‘दि एक्तुएल्ले’का सम्पादक बर्खास्तमा परेका हुन् ।

बीबीसीका अनुसार म्यागाजिनका प्रकाशकले माइकेलका परिवारसँग क्षमायाचना गरेका छन् । सन २०१३ को डिसेम्बरको स्कि दुर्घटनामा परेपछि माइकेल सार्वजनिक जीवनमा आएका थिएनन् ।

तर, एकाएक आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले तयार गरिएको अन्तर्वार्तामा परिवार, स्वास्थ्य जस्ता कुरामा छलफल भएको अन्तर्वार्ता आएपछि सार्वजनिक चासो र चर्चा भएको थियो। क्यारेक्टर डट एआइ नामक वेबसाइटको सहायताले अन्तर्वार्ता बनाइएको बीबीसीले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर