नेपालमा जाम्बियाको वाणिज्य दूतावास स्थापना
नेपाल प्रेस
२०७७ फागुन २६ गते १६:१८
काठमाडौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित वाणिज्य दूतावास स्थापना गरेको छ ।
जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई. देशबन्धु बस्नेत लाई नियुक्त गरेको छ । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं द्विराष्ट्रिय तथा एनआरएनए फोरमका सभापतिसमेत हुन् ।
दूतावासले व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायतमा द्विपक्षीय सहायता तथा सहयोगमा काम गर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर