एसीसी प्रिमियर कप : साउदीविरुद्ध नेपालको खेलमा टस हुन सकेन
नेपाल प्रेस
२०८० वैशाख ११ गते ९:१०
काठमाडौं । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत साउदीविरुद्ध नेपालको खेलमा ढिलाइ भएको छ । तालिकाअनुसार ९ बजे देखि सुरू हुने खेल वर्षाका कारण टस हुन नसक्दा ढिला भएको हो । मुलपानी मैदानमा नेपाल र साउदी अरबका बीच खेल तय भएको थियो ।
कीर्तिपुरस्थित खेल मैदानमा भने हङकङ र बहराइन खेल्नेछन् ।
यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । त्यस्तै साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो ।
दुवै विजेता टोली आज मैदानमा उत्रन लागेका हुन् । आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान सुरक्षित बनाउनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर