सर्वाेच्चकाे आदेशपछि सिंहदरबारको फोहोर उठाउन थालियाे (तस्बिरहरु)
काठमाडौं । आजदेखि सिंहदरबारको फोहोर उठाउन थालेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएकोआदेश पालना गर्ने जनाएसँगै फोहोर उठाउन थालिएको हो ।
परिवर्तन सेवा कम्पनीले आजदेखि फोहोर उठाएको छ । गत चैत २५ गते मेयर साहले सिंहदरबारकाे फाेहाेर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएसँगै सिहंदरबारकाे फाेहाेर उठ्न बन्द भएकाे थियाे ।
सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरको नाममा आदेश जारी थियो ।अदालतको आदेश अनुसार आजदेखि नै सिंहदरबारको फोहोर उठाउन थालिएको हो ।