तनहुँमा स्वर्णिम ८ हजार मतले अगाडि: गन्न बाँकी २४ हजार ९६३ मत, कांग्रेसका भट्टराईले भेट्लान् ? – Nepal Press

तनहुँमा स्वर्णिम ८ हजार मतले अगाडि: गन्न बाँकी २४ हजार ९६३ मत, कांग्रेसका भट्टराईले भेट्लान् ?

काठमाडौं । तनहुँ-१ रास्वपाका उम्मेदवार स्वर्मिण वाग्ले करिब ८ हजार मतले अगाडि लागेका छन् । पछिल्लो अपडेटअनुसार ३८ हजार ७९४ मत गणना गर्दा वाग्लेले १९ हजार ६५३ मत ल्याएका छन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द भट्टराईले ११ हजार ६६९ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका सर्वेन्द्र खनाल ६ हजार २३६ मतसहित तेस्रो स्थानमा छन् ।

त्यहाँ ६३ हजार ७५७ मत खसेको थियो । अब बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाको २४ हजार ९६३ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर