मंसिर ४ मा एमालेले अग्रता लिएको इच्छाकामनामा उपनिर्वाचनमा रविको दबदबा
नेपाल प्रेस
२०८० वैशाख ११ गते १८:५५
काठमाडौं । नेकपा एमालेको गढ मानिएको चितवनको इच्छाकामना गाउँपालिकामा रास्वपाका सभापति रवि लामिछानेको दबदबा देखिएको छ ।
चितवन २ अन्तर्गत इच्छाकामनाको मतगणना सकिँदा लामिछानेले फराकिलो मतान्तरसहित लिड गरेका छन् ।
इच्छाकामनामा खसेको कुल ९ हजार ४४४ मतमध्ये लामिछानेले ४ हजार ३५८ मत ल्याए । उनलाई एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ २ हजार २०५ मत ल्याएर तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया
One thought on “मंसिर ४ मा एमालेले अग्रता लिएको इच्छाकामनामा उपनिर्वाचनमा रविको दबदबा”
Leave a Reply
सम्बन्धित खवर
चितवनमा कहिले हलोलाई भोट हाल भन्ने, कहिले माओवादी हाम्रै हो भन्ने गर्नाले पनि एमाले बिग्रियो । तनहुँमा त उम्मेद्वार नै भएनन । जिन्दगीभर पुलिसको जागिर खाने । जागिर छोडेपछि पार्टी प्रवेश गरेर टिकट हत्याएको जनताले लोप्वा खुवाईदिए । भूगोलमा काम गरेकोलाई दिनुपर्दैन ? काठमाडौंमा हारेको, अस्तिमात्र पार्टी प्रवेश गरेकोलाई पूर्व आईजिपि भन्दैमा भोट दिन्छन जनताले ? वारामा पनि कहिले छातामा कहिले के भन्ने । पुरूषोत्तम पार्टी फुटाएर हिडेका हुन् । निष्ठा त देखिएन नि । माधवले भनेजस्तो भाग नदिने देखेपछि १ महिनामा फर्किएका हुन् । त्यसैले अब निष्ठापूर्ण राजनीति र पहिलो प्राथमिकता पार्टी भन्नू पर्छ । एमालेले सुधार गर्नु जरूरी छ । गठबन्धन त अब सकियो ।एमाले अझै पनि जोगिन सक्छ । महेश र गोकुलले चितवनका विषयमा जे भने त्यो पनि जनताले रूचाएनन । रविलाई गालीभन्दा आफ्ना कुरा बढी राख्नुपर्छ । गाली गर्दा आफ्ना कार्यकर्ताले त ताली बजाउलान तर सर्वसाधारण जनताले मन पराउँदैनन । हुन त रवि खहरे हुन् । यिनी कुनै पनि बेला सुक्छन् । त्यो निश्चित छ । गठबन्धन पनि अब सकिन्छ । एमालेले केही कमजोरी सुधारेर अघि बढेमा १ नम्बरको पार्टी बन्छ । त्यो निश्चित छ ।