कम्युनिष्ट एकतालाई प्राथमिकता दिएको भन्दै विमलेन्द्र निधिले गरे प्रधानमन्त्रीको आलोचना – Nepal Press

कम्युनिष्ट एकतालाई प्राथमिकता दिएको भन्दै विमलेन्द्र निधिले गरे प्रधानमन्त्रीको आलोचना

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अझै पनि कम्युनिष्ट पार्टी निर्माणको कामलाई प्राथमिकता दिएको भन्दै निधिले असन्तुष्टि पोखे ।

आइतबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर केही दिनमै समाजवादी मोर्चा घोषणा गरेर नेकपा पुनर्विजित गराउने घोषणा गरेका थिए ।

नेता निधिले त्यसप्रति असन्तुष्टि जनाउँदै उनले ठूलो क्रान्ति गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था दल निर्माणका लागि हो ? भन्दै सोमबार काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रमबाट प्रधानमन्त्रीलाई प्रश्न गरे ।

सामाजिक–आर्थिक विकास र प्रगतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकोमा गर्व गर्ने नेताहरुले दल निर्माणलाई प्राथमिकता दिन नमिल्ने तर्क गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो संघीय लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गर्दै त्यसैलाई प्राथमिकता दिएर अघि बढ्ने गरी बहस गर्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “कम्युनिष्ट एकतालाई प्राथमिकता दिएको भन्दै विमलेन्द्र निधिले गरे प्रधानमन्त्रीको आलोचना

  1. दाजु तपाईंले सप्तरीमा नेकपा एमालेलाई सखाप पार्नु पर्थ्यो सक्नु भए सरी ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर