ब्याकुल माइललाई दुई लाख भत्ता, ऋण तिर्न २७ अर्ब रकमान्तर – Nepal Press

ब्याकुल माइललाई दुई लाख भत्ता, ऋण तिर्न २७ अर्ब रकमान्तर

काठमाडौं । सरकारले आन्तरिक ऋण भुक्तानी गर्न २७ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । अर्थमन्त्रालयले आन्तरिक ऋण भुक्तानीका लागि सो रकम रकमान्तर गरिएको जनाएको छ ।

साथै कृषकहरुलाई अनुदानमा मल उपलब्ध गराउन थप ३ अर्ब निकासा भएको छ । अर्थमन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ३ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

यो निकासा चैत महिनामा गरेको हो । कृषि मन्त्रालयले रासायनिक मल उपलब्ध गराउन कृषि सामाग्री कम्पनी र साल्ट टेडिङ सो रकम दिएको हो । गत वर्षको बाँकी भुक्तानी समेत गरेर रकमान्तर गरिएको छ ।

यस्तै राष्टिय गीतका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माइला) को बढेको मासिक निर्वाह भत्ता उपलब्ध गराउन २ लाख ५० हजार रुपैयाँ रकमान्तर गरिएको छ । गत भदौ सात गते मन्त्रिपरिषदको बैठकले ब्याकुल माइलाको निर्वाह भत्ता बढाउने निर्णय गरेको थियो । सो रकम संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालय मार्फत भुक्तानी हुनेछ ।

विद्युतीय राहदानी खरिदका लागि ८८ करोड १५ लाख ३१ हजार रुपैयाँ परराष्ट मन्त्रालयलाई रकमान्तर गरिएको अर्थले जानकारी दिएको छ । मन्त्रालयले चैतमा मात्रै विभिन्न शीर्षकमा ३१ अर्ब रुपैयाँ रकमान्तर गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *