आउट भए आसिफ, नेपाललाई तेस्रो झट्का
नेपाल प्रेस
२०८० वैशाख १४ गते १०:१०
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध तेस्रो विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भएका छन्।
यसअघि तुलनात्मक रुपमा कमजाेर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियाे ।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए। नेपालको सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिएको हो । नेपालले १३ ओभर सकिँदा तीन विकेट गुमाएर ५८ रन जोडेको छ।
प्रतिक्रिया
सम्बन्धित खवर