नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । कतारका ओआसिस अहमदले कप्तान रोहित पौडेललाई आउट गर्दै कतारलाई चौथो सफलता दिलाए ।
रोहित ३६ बलमा २७ रन बनाएर आउट भए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले तुलनात्मक रुपमा कमजाेर मानिएको कतारसँग ब्याटिङमा संर्घष गरिरहेको छ ।
ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा गुमाउँदै खराब सुरुआत गरेको नेपालले ३.३ ओभरमा दोस्रो विकेट गुमायो । कतारलाई दोस्रो विकेट दिने क्रममा भिम सार्की इक्रामुल्लाह खानको बलमा आउट भए ।
आसिफ शेख २७ बल खेल्दा १९ रन बनाएर पभेलियन फर्किए । अहिले क्रिजमा सोमपाल कामी र कुशल मल्ल खेलिरहेका छन् ।