ललितले दिलाए नेपाललाई पहिलो सफलता
नेपाल प्रेस
२०८० वैशाख १४ गते १३:१३
काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।
नेपालका बाँया हाते स्पिनर ललित राजवंशीले कतारका ओपनर कामरन खानलाई दीपेन्द्रसिंह एरीको हातबाट क्याच आउट गरे । आफ्नो दोस्राे स्पेल बलिङमा आएका ललितले २.२ ओभरमा पहिलो विकेट लिए ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले तीन ओभरको समाप्तिमा १ विकेट गुमाउँदै १८ रन जोडेको छ । क्रिजमा जाहिर इब्राहिम र इमाल लियान्गे छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर