सन्दीपको विकेटमा नेपाललाई तेस्रो सफलता
नेपाल प्रेस
२०८० वैशाख १४ गते १३:४२
काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।
सन्दीप लामिछानेले कतारका ओपनर जाहिर इब्राहिमलाई ८.३ ओभरमा आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार दुबै ओपनर गुमाएपछि दबावमा परेको छ । कतारले यो समचार लेखिसक्दा ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३२ रन जोडेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर