डिल्ली चाैधरी : कमैया मुक्ति आन्दाेलनकाे नेतादेखि लु्म्बिनी सत्ताकाे बागडाेरसम्म – Nepal Press

डिल्ली चाैधरी : कमैया मुक्ति आन्दाेलनकाे नेतादेखि लु्म्बिनी सत्ताकाे बागडाेरसम्म

रुपन्देही । लुम्बिनी प्रदेशमा चौथो मुख्यमन्त्री बनेका छन् दाङका डिल्ली चौधरी । उनको पार्टी नेपाली कांग्रेसबाट भने उनी पहिलो हुन् । प्रदेशमा संस्थापक मुख्यमन्त्री नेकपा एमालेको तर्फबाट शंकर पोखरेल बने भने दोस्रोमा नेकपा माओवादीबाट कुलप्रसाद केसी बने । तेस्रोमा एमालेबाट लिला गिरी बनेका थिए ।

अहिलेसम्म सबैभन्दा धेरै समय साढे ३ वर्ष शंकर पोखरेल मुख्यमन्त्री रहे भने त्यसपछिको बाँकी १६ महिना कुलप्रसाद बनेका थिए । पोखरेल आफ्नो समयमा २ पटक नियुक्त भए । पहिलो चरणमा माओवादीले समर्थन फिर्ता लिएपछि दोस्रो चरणमा उनी राजीनामा दिएर पुनः नियुक्त भएका थिए ।

मंसिर ४ को निर्वाचनपछि ७ दलको समर्थनमा एमालेका लिला गिरी पुस २७ मा मुख्यमन्त्री बने । तर माओवादीलगायतका ५ दलले १२ चैतमा समर्थन फिर्ता लिएपछि ११ बैशाखमा पुनः विश्वासको मत मागेका थिए । विश्वासको मत नपाएपछि १०४ दिनमा उनी पदमुक्त भएका थिए ।

गिरीलाई समर्थन फिर्ता लिएसँगै कांग्रेससहितका ८ दलले चैत १२ मै कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदले हस्ताक्षर बुझाएका थिए । तर प्रदेश प्रमुखले विश्वासको मत लिने समय दिएर यो बाटो अपनाएका हुन् ।

प्रदेश प्रमुखले पुन धारा १६८को २ अनुसार सरकार गठन गर्न आह्वान गरेसँगै ८ दलमा रहेका सांसदहरुको हस्ताक्षरसहित कांग्रेस नेता चौधरीले दावी पेश गरेसँगै प्रदेश प्रमुखले उनलाई नियुक्त गरेका हुन् । चौधरी प्रदेशको चौथो र पार्टीबाट पहिलो मुख्यमन्त्री बनेका हुन् ।

कमैया बसेको परिवारबाट मुख्यमन्त्रीसम्मको यात्रा

कमैया मुक्ति आन्दोलनको अभियान्ता मानिने डिल्ली चौधरीको परिवार एकसमय जमिन्दारको घरमा कमैया बसेको थियो । चौधरी समुदायको यो पीडाबाट संघर्ष गरेका उनै डिल्ली अहिले प्रदेशको शक्तिशाली पदमा पुगेका छन् ।

चौधरीको यात्रा बेस कमैया मुक्ति आन्दोलनदेखि प्रदेशको नेतृत्वसम्म चर्चामा रहेको छ । अघिल्लो पटक प्रदेश सभामा आउँदा एमालेमाओवादीको गठबन्धनले देशैभर जितेको अवस्थामा पनि उनले दाङबाट निर्वाचन जितेर चर्चामा आएका थिए । त्यसपछि लेखा समितिको जिम्मेवारी पाएका उनले माओवादीसँगको गठबन्धन सरकारमा पार्टीबाट नेतृत्व गरेर पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री बनेका थिए ।

२०४२ सालदेखि राजनीति र सामाजिक सेवामा सक्रिय चौधरी दाङ निर्वाचन क्षेत्र नं. ३ (१) बाट प्रदेश सभा सदस्यका लागि दोस्रो पटक निर्वाचित भएका हुन् । त्यसो त दोस्रो पटक पनि उनी पार्टीको संसदीय दलको नेता छानिएर उसैगरी चर्चामा आएका थिए । पार्टीमा रहेको दुई धारमा लुम्बिनीमा संस्थापन इतर पक्षको सबै कमिटी भएपनि उनी संस्थापन पक्षबाट संसदीय दलको नेता छानिएका थिए ।

त्यो समय उनले पार्टी नेताहरुलाई छिटै प्रदेशमा पार्टीको नेतृत्वमा सरकार बनाउने दावी गरेका थिए नभन्दै ३ महिनामै त्यो अवस्था आयो र उनको प्रतिवद्धता पूरा भएर उनी फेरि चर्चामा आएका छन् । २०७०—०७४का संविधानसभा सदस्यको रूपमा रहेका उनी उनी श्रम राज्यमन्त्री बनेका थिए ।

राजनीतिभन्दा अगाडि उनी आफ्नो समुदायको उत्थानबाट परिचित छन् । कमैया मुक्ति आन्दोलन र थारू समुदायमा शिक्षाको दियो बाल्ने चौधरी बालअधिकारको क्षेत्रमा पनि क्रियाशील बनेका उनी भारतका बाल बचाओ अभियानका कैलास सत्यार्थीसँगको सम्बन्धका कारण बालबालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशील भएका थिए ।

थारू समुदायलाई शिक्षाको पहुँचमा पु¥याउन उनले विभिन्न अभियान चलाएका छन् ।१७ वर्षको कलिलो उमेरमा नै डिल्ली बहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रूपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरूवात गरेका छन् । नेपालको तल्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिबासी थारू र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडि बढाएर उनले आफ्नो प्रभाव बढाएका हुन् ।

वेसमार्फत थारु बाहुल्य रहेको क्षेत्रमा रात्री शिक्षाको माध्यमबाट चौधरीले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका लाखौं त्यस्ता सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरे् उनले ठूलो गुन लगाएका छन् । चौधरीले आफ्नो समुदायलाई मात्र नभएर अन्य अल्पसंख्यक गरिबीको रेखामुनी रहेका नागरिकहरूलाई शिक्षाको उज्यालो दिन ब्याकवार्ड सोसाइटी (बेस) मार्फत गाउँ–गाउँ छिरेको उनका समर्थकहरु बताउँछन् ।

त्यही कारण पनि उनको क्षेत्रमा उनी बलियो भएका हुन् । त्यो बेला लाल्टिनको परिकल्पनासमेत मुस्किल थियो । एउटा हातमा टुकी र अर्को हातमा कापी पेन्सिल बोकेर चौधरीले खोलेको बेसको जागरण भोलेन्टियर गाउँ–गाउँसम्म पुगेको स्थानीयको भनाइ छ ।

शिक्षाको अभियानसँगै वेसमार्फत कमैया मुक्ति अन्दोलनको सूत्रपात भएको थियो । त्यसपछि कम्लहरी मुक्ति आन्दोलनमा पनि यसले नेतृत्व गर्‍यो । संस्थागत नेतृत्वकर्ता चौधरी बेसलाई उचाई दिइरहँदा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् ।

थारू समुदायमा जमिन्दारहरूले दासताको प्रभाव बढाएर आर्थिक तथा सामाजिक श्रमिक शोषण गर्न थालेको,पुस्तौं पुस्तासम्म थारूहरूमाथि गर्ने शोषण झन्झनै बढ्दै गएर पुस्तौँसम्म थारूहरू ऋणमा अल्झिदै गएकाले कमैया मुक्तिको आन्दोलनमा आफू लागेको र सफल भएको उनले बताउँदै आएका छन् । थारू तथा पिछडिएका समुदायको सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालीन निरंकुश पञ्चायत शासन व्यवस्थामा देशद्रोहीको आरोपमा धेरैपटक प्रहरी हिरातमा परेका छन् ।

चौधरीले यो अभियानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतामा विभिन्न पुरस्कारहरू पाएका छन् । उनले अशोका फेलोसिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्कार अमेरिकी भूतपूर्व राष्ट्रपति जिमि कार्टरबाट प्राप्त गरेका छन् ।

द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, युके (२००२) दासता विरूद्ध काम गरेवापत प्राप्त गरेका चौधरी नेपाल सरकारबाट पुरस्कृत दुई पुरस्कारहरूः सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिणबाहु त्रिशक्ति पट्ट (२००४) तथा रामकृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३) दिल्लीका तत्कालीन मुख्यमन्त्रीबाट प्राप्त गरेका थिए । हक्की स्वभावका चौधरीले अहिले सिंगो प्रदेश बनाउने जिम्मेवारी पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर