लाइसेन्स खारेज गरेको स्मार्ट टेलिकमको ठूलो समस्या आउँदैछ, सरकार जिम्मेवार बनोस् : गोकुल बाँस्कोटा (भिडिओ)
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सरकारले स्मार्ट टेलिकमको लाइसेन्स खारेज परेपछि बजारमा डुबेको पैसाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘स्मार्ट टेलिकम सरकारले खारेज गरेको छ । तर, ५०औं करोड त्यसले जारी गरेको रिचार्जकार्ड पैसा बजारमा छ । कैयौं मान्छेहरु असुरक्षित छन् । १७ अर्बभन्दा बढी त्यसको दायित्व बहन गर्नुपर्ने स्थितिमा पुगेको छ । सरकारले दायित्व बहन गर्नुपर्छ र सडक सडकमा मान्छे कुटिने स्थिति अन्त्य होस् । यसमा सरकारको जवाफ चाहन्छु ।’
केही दिनमै स्मार्ट टेलिकम ठूलो समस्या बनेर आउने उनको भनाइ छ ।
बास्कोटाले भने, ‘१ लाख कार्ड बाँडेको छ । ५० करोडभन्दा बढी पैसा फसेको छ । सरकारको दायित्व आफ्नै छ । त्यसले प्रयोग गरेको फ्रिक्वेन्सी र त्यसवापत ६ अर्बभन्दा बढी तिनुपर्ने रकम छ । बैंकमा अझै ५ अर्बभन्दा बढी छ । यो सबैको व्यवस्था नगरिकन खारेज गरेको छ । त्यसको सरकारले जवाफदेहिता लिनुपर्छ ।’
चौधरीको पैसा खाएर खारेज गरे । ठगबन्धनलाई त खारेज गर्न मोदीकै फोन आएको थियो ।