तन्त्र: अन्तरतम ऊर्जाको जागृति – Nepal Press

तन्त्र: अन्तरतम ऊर्जाको जागृति

केही समयअघि मैले सामाजिक सञ्जालमा तन्त्रसम्बन्धी केही किताबहरुको तस्बिर राखेकी थिएँ । त्यसबेला त म किताब पढ्न नै व्यस्त थिएँ । पछि पनि ती तस्बिरहरुमा प्रतिक्रिया र टिप्पणी आइरहेका रहेछन् । मैले सबैजसो प्रतिक्रियाहरु हेरें । ती किताबहरुको तस्बिरमा आएका केही प्रतिनिधि प्रतिक्रिया यस्ता थिए- किन मान्छे मार्ने विद्यातिर लागेको ?, तन्त्र पढेर तपाईंले अब फू गरेर मान्छेलाई उडाइदिने होला हैन ? ओहो ! यस्तो विद्या पढ्न लाग्या ? अब तपाईंदेखि डराउनुपर्ने भो । तन्त्रको साधना नै गर्न लागेको हो र ?, सन्यासी बन्न लाग्या ? अघोरीको विद्या, आदि आदि ।

सामाजिक सञ्जालमा आएका यी सबै प्रतिक्रियाका बुझाइको आधार थियो- तन्त्र भनेको चमत्कार, वशीकरण, झारफुक हो ।

आखिर तन्त्र भनेको के हो ? वशीकरण, झारफुक र चमत्कार नै तन्त्र हो त ? त्यसो भए नेपाललाई तन्त्रले बनेको देश भनेर किन भनिएको होला ? अनि तन्त्रसँग जोडिएर आउने अघोर, नाथ र गोरख शब्दको अर्थ अहिले हामीले बुझे जस्तै हो ?

यस आलेखमा तन्त्रबारे यिनै प्रश्नको जवाफको खोजी गरिनेछ ।

सर्वप्रथम तन्त्र भनेको के हो ? त्यो हेरौं-

तन्त्रलाई बुझ्न मन्त्र र यन्त्रलाई पनि एकैसाथ बुझ्नु जरुरी छ । किनकि मनुष्य जुनीमा मात्र यन्त्र र मन्त्र पार भएर तन्त्रसम्म पुग्ने क्षमता छ । जसलाई चेतनाको तीन तह र आयाममा बाँडिएको छ । बाहिर देखिँदा हाम्रो शरीर एउटा भौतिक शरीर देखिन्छ । तर, भौतिक शरीर, मानसिक शरीर र ऊर्जा शरीर गरेर तीन शरीर मिलेर एउटा सिङ्गो शरीर बनेको हुन्छ । जसलाई स्थुल शरीर (जल र माटो) सूक्ष्म शरीर (वायु र अग्नि) र कारण शरीर (आकाश) भनिन्छ (श्रीमद्भगवत गीता, अध्याय १५,८)

अब यी तीन शरीरले कसरी काम गर्छ ? त्यो हेरौं-

भौतिक शरीर सबैभन्दा बाहिरको स्थुल शरीर हो । यस स्थुल शरीरले मनको निर्देशनमा काम गर्छ । मान्छे ब्रह्माण्डको कृतिभन्दा पहिलाको (प्रि-क्रिएसन) शक्तिले बनाएको एक यन्त्र नै हो । त्यसैले यसले गर्ने कार्य यान्त्रिक हुन्छ । मान्छेले बनाएको मेसिनले जसरी कसैको निर्देशनमा काम गर्ने भएको हुनाले भौतिक शरीरलाई यन्त्र भनिएको हो । त्यसकारण वशीकरण या मैथुन यान्त्रिक कृत्य हो, जो स्थुल शरीरले गर्छ ।

मनभन्दा पनि सूक्ष्मतम सबैभन्दा शक्तिशाली रहेको शरीर तान्त्रिक शरीर हो । यसलाई ऊर्जा शरीर पनि भनिन्छ । भौतिक देह र मनभन्दा पर पराभौतिक अवस्था जहाँ दुई शून्यताको मिलन हुन्छ, त्यो नै तन्त्र हो । आत्मतत्वलाई स्वीकार गर्न अनाकानी गर्नेहरुले भौतिकबाहेक कुनै तत्व हुन्छ भन्ने मान्दैनन् ।

भौतिक शरीरभित्र अर्को मानसिक शरीर हुन्छ । मानसिक शरीर दृश्यमा हुँदैन । तर, यो भौतिक शरीरभन्दा शक्तिशाली हुन्छ । यो विचार या मनका तरङ्गबाट चल्छ । भनिएको छ, मन्त्राणा इति मन्त्रः अर्थात् मनबाट नियन्त्रित शक्ति । मनबाट नियन्त्रित हुने भएर नै मान्छेलाई मनुष्य भनिएको हो । मनबाट हुने कार्य मन्त्रिक या मनोवैज्ञानिक हुन्छन् । प्रेम, करुणा, रिस, आक्रोश मन्त्रका उपज हुन् । मनमा निरन्तर दोहोरिइरहने संकल्पको प्रकट रुप मन्त्र हो । भौतिक जगतमा मात्र विश्वास गर्नेले मन्त्रको प्रभावलाई हत्पती पत्याउन सक्दैनन् । तर, मानिसको जीवनमा संकल्पको ठूलो महत्व छ ।

त्यस्तै मनभन्दा पनि सूक्ष्मतम सबैभन्दा शक्तिशाली रहेको शरीर तान्त्रिक शरीर हो । यसलाई ऊर्जा शरीर पनि भनिन्छ । भौतिक देह र मनभन्दा पर पराभौतिक अवस्था जहाँ दुई शून्यताको मिलन हुन्छ, त्यो नै तन्त्र हो । आत्मतत्वलाई स्वीकार गर्न अनाकानी गर्नेहरुले भौतिकबाहेक कुनै तत्व हुन्छ भन्ने मान्दैनन् । उनीहरु यस्तो ऊर्जा वा आत्मा भए देखाउ भन्छन् । तर, आत्मतत्व देखिंदैन । यसका परिणामहरु भने देखिन्छन् । आधुनिक विज्ञानमा इलेक्ट्रोन देख्न नसकिए जस्तै हो । हामी विद्युतीय तारहरु देख्न सक्छौं । तर, त्यसमा बगेको विद्युत देख्न सक्दैनौं । त्यही विद्युतीय ऊर्जाबाट बलेको ग्लोव, बजेको रेडियो वा चलेको टेलिभिजन भने देख्न सक्छौं । अब यसलाई यसरी बुझ्दा सहज होला- शरीर र मन तिरोहित (टुटेर) भएर जुन ऊर्जामा शरीर सक्रिय हुन्छ त्यो नै तन्त्र हो । यही अक्षय तत्वलाई अध्यात्मले नै ब्रह्म भनेको छ (श्रीमद्भागवद् गीता अध्याय-८, श्लोक ३) । संस्कृतमा भनिन्छ- ‘तनु त्रायते इति तन्त्र’ अर्थात् जसले यो शरीरलाई आत्मासँग लगेर जोड्छ त्यही तन्त्र हो । यसैलाई यौगिक भाषामा, संयोगो योगो इत्युक्तो जीवात्मा परमात्मनः भनिएको छ । अर्थात् जीवात्मा र परमात्मा एकाकार हुनु नै योग हो । त्यही तन्त्र हो । त्यही अध्यात्म हो ।

खासमा तन्त्रलाई शिवशास्त्र भनिन्छ । शिव भनेको निराकार पराभौतिक (अध्यात्मिक) तत्व हो । त्यो नै तन्त्र या अध्यात्म हो । यसैलाई बुद्धले अनाहद नाद भने (बुद्ध, ५६३–४८३, ईपू) । जसरी बिजमा सिंगै रुख छिपेको हुन्छ त्यसरी मान्छेमा तान्त्रिक (कस्मिक पावर) शक्ति छिपेको हुन्छ । यही शक्ति जान्नु नै अध्यात्म हो । यही अदृश्य शक्ति बाहिर निकाल्ने साधनालाई योग साधना भनिन्छ । जसमार्फत् कुण्डलिनी शक्ति जागरण गराउँदै ऊर्जा शरीरसम्म प्रवेश गराइन्छ । समग्रमा भन्दा तन र मनबाट पनि पार भएपछि समयातीत अवस्थाको खोज नै तन्त्रको अध्ययन हो । यही अज्ञात परम तत्वको खोज या यस ब्रह्माण्ड निर्माणमा जुन अधिशक्ति (एप्सुलेट पावर) ले काम गरेको छ, त्यसको खोज नै अध्यात्म हो । समग्रमा भन्दा पदार्थ जान्नु ज्ञान भए जस्तै त्यसभित्र गएर स्वयंलाई जान्नु आत्मज्ञान हो ।

जसरी बिजमा सिंगै रुख छिपेको हुन्छ त्यसरी मान्छेमा तान्त्रिक (कस्मिक पावर) शक्ति छिपेको हुन्छ । यही शक्ति जान्नु नै अध्यात्म हो । यही अदृश्य शक्ति बाहिर निकाल्ने साधनालाई योग साधना भनिन्छ ।

यसरी यन्त्र, मन्त्र र तन्त्र तीन तहमा हाम्रो शरीरभित्र काम भैरहेको हुन्छ । हरेक काम गर्दा मान्छे यन्त्रबद्ध, मन्त्रबद्ध या तन्त्रबद्ध कुन अवस्थामा रहेर गर्दैछ, त्यसै आधारमा एउटा मुढ मान्छेको चेतनास्तर ज्ञानी, अज्ञानी, मुमुक्षु आदि (श्रीमद्भगवद् गीता, अध्याय ९, श्लोक ३४ ) अवस्थामा तयार हुन्छ ।

साधकहरु यस साधनाबाट भक्ति, सिद्धि र मुक्ति गरी तीन अवस्थामा आफूलाई राखेर जीवन व्यतित गर्छन् । भक्त हरेक एक जना बन्नसक्छ । साधनाबाट सिद्धि प्राप्त गर्ने कम हुन्छन् । अनि मुक्तिको अवस्थामा पुग्ने एकदमै न्यून । हामीले कल्पना गर्नमात्र सक्ने कुराहरु सिद्धि प्राप्त गरेकाहरुले काम नै गरेका त्यस्ता कथाहरु हामीले सुन्दै आएका छौं । त्यस्ता एक सिद्धक हुन्, नेपालका गुरुहरुसँग बसेर पढेका तिब्ब्तका सिद्धक मिलरेपा । जो बाउ मरेपछि काकाले सबै सम्पत्ति हड्पेर निकालिएका हुन्छन् । उनी लामो समय ठाउँ-ठाउँमा डुलेर साधना गर्छन्, अध्ययन गर्छन् । त्यही बीचमा आमा र बहिनीको पनि मृत्यु हुन्छ । अन्त्यमा उनी सिद्धि प्राप्त गर्छन् । तर, उनमा काकाले गरेको अपहेलनाको आगो निभेको हुँदैन । त्यसैले उनले आफ्नो साधनाबाट प्राप्त शक्ति प्रयोग गरेर काकाको घरमा विवाह हुन लागेको राति काकाको घर वरिपरि भारी असिना वर्षाएर ८० जनालाई एकै ठाउँ मारिदिन्छन्५ जसको व्याख्या तिब्बतमे बौद्ध धर्ममा उल्लेख छ भने मिलरेपा लेखिएको साइटमा पनि हेर्न सकिन्छ

यस हिमवतखण्ड मानव समाज विकासको सुरुदेखि नै तन्त्र शक्तिको ज्ञानबाट नै चलिरहेको थियो । र, आजसम्म अनेकौं काम यसैमार्फत भए । प्राचीन नेपालमा तन्त्रकै शक्तिका आधारमा सोच्नै नसकिने काम भएका छन् । त्यसबेला यहाँ मिलरेपा जस्ता साधकहरु धेरै नै थिए ।

तन्त्र साधना र प्रयोग सबैभन्दा धेरै लिच्छवी र मध्यकालमा भएको देखिन्छ । त्यसैबेला निर्माण गरिएको भक्तपुरलाई शंखाकार, ललितपुर स्वस्तिकार र कान्तिपुर खड्गाकारमा विकास गरिएको छ । जसमा कुनाकुनामा अष्टमातृकाहरुको निर्माण गरिएको छ । यसले त्यो बेलाको नेपालमा मातृशक्तिको पूजामात्र होइन, तन्त्रको प्रयोग गरेर शक्तिपीठको निर्माण भएको प्रस्ट हुन्छ । नेपालमा अहिले देखिने त्यसबेला बनेका कलात्मक मन्दिरदेखि दरवारका भव्य भवनहरु अजङ्गका ढुङ्गा राखेर बनाइएका थिए । त्यसको उदाहरण हो काठमाडौंको तलेजु भवानीको मन्दिर परिसरका ढुङ्गाका स्तम्भ । यसबारे मल्लकालका अभिलेखमा पनि हेर्न सकिन्छ (बज्राचार्य, मल्लकालीन अभिलेख, नेपाल एसियाली अनुसन्धान केन्द्र, २०५६)

यातायातका साधन र सडक नभएको त्यो समयमा यी अजङ्गका ढुङ्गा पनि टाढा-टाढाबाट ल्याइएको थियो । मन्दिर या दरवारमा राखिएका एउटै स्तम्भ राखेका ढुङ्गा दश हजार मेट्रिक टनसम्मका छन् । अहिले पो फराकिला सडक छन् । सबै काम यन्त्रले गर्छ । त्यो बेला घोडेटो बाटोमात्र हुन्थे भने मन्दिर र दरबार सबै डाँडाका टुप्पामा हुन्थे । त्यो बेला ती ढुङ्गा कसरी ल्याइयो होला ? आज हाम्रो कल्पनाले भ्याउँदैन ।

त्यतिमात्र होइन, त्यसताका ससाना टुक्रे राज्य हुन्थे । एउटा राज्यमा दुई हजार, पाँच हजार, सात हजारमात्रका जनसंख्या हुन्थे । अनि कति थिए होलान् कामकाजी मानिस ? त्यस्तो समयमा टाढाबाट ती ढुङ्गा ल्याउन सम्मोहन विधि (योगतन्द्रा) प्रयोग गरिन्थ्यो । मान्छेमा सम्मोहन विधि प्रयोग गरेर उनीहरुमा सक्छौं भन्ने भाव पठाएर थोरै मान्छेबाट सोच्नै नसकिने काम गरिन्थे । मसान खेलाउने भन्ने कुरा सायद यसैलाई भनिएको हुनुपर्छ । त्यसबेला साधनाद्वारा सिद्धि प्राप्त गरेका योगी योगीनीहरु हुन्थे । जसको प्रमुख भूमिका स्त्रीहरुले निर्वाह गर्दथे । यसैकारण त्यसताका नै काठमाडौमा अधिक देवीहरुको पूजा भएको हो र त्यसै समय तलेजु भवानी, कात्यायानी, दक्षिणकाली जस्ता देवीका मन्दिर निर्माण भएका हुुन् ।

समग्रमा भन्दा तन र मनबाट पनि पार भएपछि समयातीत अवस्थाको खोज नै तन्त्रको अध्ययन हो । यही अज्ञात परम तत्वको खोज या यस ब्रह्माण्ड निर्माणमा जुन अधिशक्ति (एप्सुलेट पावर) ले काम गरेको छ, त्यसको खोज नै अध्यात्म हो ।

पश्चिमा देशहरुले भने बल्ल दोस्रो विश्वयुद्धमा सम्मोहन विधिको प्रयोग गरेका थिए । उनीहरुले युद्धमा जाने सेनालाई थाहा नदिइ उनीहरुको हेल्मेटमा डरको भाव (सिग्नल)लाई निष्क्रिय बनाउने सानो तामाको पत्र(चिफ) जडान गरिदिएका थिए । जसले उनीहरुमा मर्छु भन्ने डरको भाव (सिग्नल) दबाइदिन्थ्यो । डर हराएपछि उनीहरुले मेसिनको रुपमा सोच्नै नसकिने काम गरे । यस्तो प्रयोग उनीहरुले एउटा खुकुरीले हजारौंलाई छिनाउने अदम्य शक्ति (सेल्फ हिप्नोटाइज) भएका गोर्खाली सेनालाई हेरेर गरेका थिए ।

खासमा यो शक्ति हरेकमा प्राप्त छ । तर, किन नेपाली (गोर्खाली)हरु त्यति निडर र भित्री शक्ति निकाल्न सक्ने भए ? यसको एउटै कारण छ- उनीहरु तन्त्रका साधक अथवा देवीका आराधक भएका कारण उनीहरु सम्मोहन शक्तियुक्त (योग तन्द्रामा) हुन्थे । त्यसैले उनीहरु निडर कहलिए । आज पनि गोर्खाली संसारभर निडर मान्छेको रुपमा चिनिन्छन् । गोर्खाली सेनामा आज पनि युद्धमा जानुअघि देवीको आराधना गरेर योग तन्द्राको अभ्यास गरेरमात्र निस्कने परम्परा कायम छ (अवकास प्राप्त मेजर दिलबहादुर गुरुङ (MVO) (रोएल मेम्बर अफ दी भिक्टोरियन अर्डर) बेलायत, हाल पोखरा )

हिजोआज भौतिक विकासको आक्रमक विस्तारले तन्त्र साधना जस्ता विषय खुुम्चिँदै गएको छ । अझ यसलाई धामी झाँक्री विधाको रुपमा बुझ्ने अवस्था आएको छ । पश्चिम नेपालमा त्यस्ता साधकहरु छन्, जो खाली खुट्टा बलेको आगोमा हिँड्ने, ठूल्ठूला घण्टका रालो निलिदिने, मुखैले टोकेर बोकाहरु छिनाउने गर्छन् । मष्टो पुजक(शिव शक्तिका भक्त)हरु आफूलाई तान्त्रिक भन्छन् । यो विधि उनीहरु बिमारीमा पनि प्रयोग गर्छन् र बिमारीलाई निको बनाउँछन् । निको बनाउने मात्र होइन, अस्पताल नभएका ती ठाउँमा रोगसँग जुध्न सिकाउने उनै धामीहरु नै छन् । साधनाले सिद्ध भिक्षुहरुले खाली खुट्टा आगोमा हिंड्ने अभ्यास गरेका विहारहरुमा आज पनि देख्नुभएकै होला । तन्त्रको विद्यातन्त्र र अविद्यातन्त्र गरेर १२ विधिमध्ये बिरामीको उपचार एउटा पाटो हो (तन्त्र चर्चा, रुद्रलक्ष्मी जोशी पृष्ठ ८७)

हजाराैंहजार वर्षदेखि यस ज्ञानले हिंडेकोे यस क्षेत्रमा तन्त्र विद्यामा सिद्धि प्राप्त गरेकाहरुले सम्मोहन पद्धतिको गलत प्रयोग गरेको पनि पाइन्छ । १९औं शताब्दीको मध्यतिर पश्चिमा समाजले तन्त्र विद्या भर्खर भर्खर भित्र्याएको थियो । त्यसबेला अमेरिकाको एक विद्यालयमा एउटा घटना घट्यो । सम्मोहन पढिरहेका चार जना केटा मिलेर एक जना साथीलाई सुताएर सम्मोहित गरे र म मरें, म मरें भनेर दोहोर्‍याउन लगाए । भयो के भने ती युवक साँच्चै मरे । यो घटनालगत्तै सन् १९५२ मा अमेरिकामा हिप्नोटिजमविरुद्धको पहिलो कानून बनाइएको थियो । जसलाई हिप्नोटिजम एक्ट १९५२ मा गएर हेर्न सकिन्छ ।

पश्चिमा देशहरुमा उन्नाइसौं शताब्दीमा सम्मोहन विधि निकै चर्चामा आयो । इमायल कुवे (सन् १८५७-१९२६) ले यो विधि प्रयोग गरेर हजारौंहजारको रोग सञ्चो बनाए । उनले रोगीलाई योग तन्द्रा(हिप्नोटाइज गरेर)मा लगेर हजार पटक म सन्चो छु भन्ने शब्द मन्त्रको रुपमा पुनरोक्ति गर्न (दोहोर्‍याउन) लगाउँथे । यसरी तन्द्रामा सञ्चो छु भन्दा उसको अवचेतन मनले यो विचारलाई तीनै शरीरमा सञ्चार गर्दथ्यो र बिमारी सञ्चो भएर उठ्थ्यो । जसको चर्चा संसारले गर्‍यो । तर, हाम्रोमा समाज विकासको सुरुमा शाक्त परम्परादेखि नै कायम सम्मोहन पद्धतिलाई हामीले चाहिँ रुढीको पगरी लगाइदियौं । अंग्रेजी शब्दमा सबैथोकको समाधान भएको देख्यौं । हामी अरुलाई पनि त्यही देखाउन आज पनि उद्यत छौं ।

तन्त्र साधना र प्रयोग सबैभन्दा धेरै लिच्छवी र मध्यकालमा भएको देखिन्छ । त्यसैबेला निर्माण गरिएको भक्तपुरलाई शंखाकार, ललितपुर स्वस्तिकार र कान्तिपुर खड्गाकारमा विकास गरिएको छ । जसमा कुनाकुनामा अष्टमातृकाहरुको निर्माण गरिएको छ । यसले त्यो बेलाको नेपालमा मातृशक्तिको पूजामात्र होइन, तन्त्रको प्रयोग गरेर शक्तिपीठको निर्माण भएको प्रस्ट हुन्छ ।

यी भए अर्को मान्छेले हिप्नोटाइज या सम्मोहन गरिदिएर उपचार हुने कुरा । अझ हाम्रा संस्कृतिहरु त झनै स्व-सम्मोहित (सेल्फ हिप्नोटाइज) हुने खालका छन् । बिहान ब्रह्म मुहुर्तमा उठ्ने, नबोली शरीर सफा गर्ने, जप या मन्त्र उच्चारण गरेर पराभौतिक शक्तिमा ध्यान केन्द्रित गर्ने, सबै कृत्यलाई योग तन्द्रामा लैजाने अर्थात् सेल्फ हिप्नोटाइज गर्ने हाम्रो संस्कृति हो । जुन हाम्रो अवचेतन मनलाई जागृत गराउने गहिरो प्रक्रिया हो । जसले गलत काम नगर्न, जस्ता काम पनि सम्पन्न गर्न शारीरिक, मानसिक र ऊर्जा शरीरलाई पूर्ण जागृत गराएर काम गर्ने गर्छन् । यस्ता योगतन्द्राबाट मूलाधार चक्र, स्वाधीष्ठान चक्र, मणिपुर चक्र, अनाहद चक्र, विशुद्धि चक्र, आज्ञा चक्र, सहस्रधार चक्र (ब्रह्मारेन्द्र) सक्रिय हुँदै हामी तन्त्र या त्यस समयातीत अवस्थामा पुग्छौं (अथर्व वेद, अध्याय १०, २-३१)

अनि हाम्रा धामीलाई नै जेल हाल्ने हाम्रो समाज पनि आज हिप्नोटाइजरकोमा जान कुनै रोकटोक छैन । त्यसैले हजारौं रुपैयाँ खर्चेर हिप्नोटिजममा जोडिनेको लर्को छ । हिप्नोटाइज विधिबाट सञ्चो भएँ भनेको एक नेपालीको भिडियो हिजोमात्र हेर्दै थिएँ । खासमा समस्या प्रक्रियामा होइन हामीलाई संस्कृत र नेपाली शब्दमा छ । हाम्रा धामीले गर्ने उही काम रुढी र अशिक्षित लाग्ने र धामीलाई जेलमा पु¥याउने हामीहरु आज अंग्रेजी शब्द हिप्नोटाइज आइसक्दा रोग निको हुने केन्द्रको रुपमा लिएर त्यतै आकर्षित छौं । त्यस्तै घृणामा परे लामो बोधपछि तयार भएका हाम्रा अघोरी, नाथ, वैरागी, सन्यासी, साधु, गोर्खाली जस्ता शब्दहरु । तन्त्रका साथमा जोडिएर आउने यस्ता शब्दका अर्थ के थिए र यिनलाई हामीले के बनायौं ? त्यो पनि हेरौं ।

अघोरी, जो काम नलाग्ने मान्छेलाई भन्ने शब्दको रुपमा प्रयोग गरिन्छ । अघोरी भनेको घोरको विपरीतार्थक शब्द भएकाले यहाँ पहिला घोरको अर्थ बुझौं । घोर भनेको सुन्दैमा डरलाग्दो अति या भयंकर (आवाज, वर्षा, निन्द्रा, अपराध)या हद नाघेर केही कुरा हुनु घोर हो (नेपाली बृहत् शब्दकोश, प्रज्ञा प्रतिष्ठान) । अनि अघोर त्यसैको विपरीत- सबैभन्दा सरल, साधु अवस्थालाई जनाउँछ । प्रज्ञा प्रतिष्ठानको शब्दकोषमा यसको अर्थ उल्टो लेखिएको कुरा पनि यहाँ जानकारी गराउँछु । खासमा बुद्ध, अष्टावक्र, गार्गी अघोरी हुन् । तर हामीले त अघोरी शब्दको अर्थ नै नराम्रो अर्थमा प्रयोग गर्ने भयौं । अर्को त्यसैगरी बिगारिएको शब्द हो वैरागी । खासमा वैरागीको अर्थ हो समभावमा आइपुगेको एउटा ज्ञात व्यक्ति, जसमा कुनै राग (देखाउने कुनै चाह) बाँकी छैन । सामान्य सिपाहीलाई देखे पनि, प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छेलाई देखे पनि उसमा आउने भाव एकै हुन्छ । छुद्र मानोकांक्षाविनाको मान्छे, त्यस्तो एक द्रष्टा वैरागी हो । तर, समाजमा त मेरो छोरो त वैरागी भो, यसलाई कसरी सुधार्ने होला, त्यस्तो वैरागीलाई किन छोरी दिएको ? त्यस्तो वैरागीको संगत नगर है, भनेको सुनिन्छ । हामी शब्दको कति गलत प्रयोग गरिरहेका छौं भन्ने यसबाट देखिन्छ ।

हाम्रा संस्कृतिहरु त झनै स्व-सम्मोहित (सेल्फ हिप्नोटाइज) हुने खालका छन् । बिहान ब्रह्म मुहुर्तमा उठ्ने, नबोली शरीर सफा गर्ने, जप या मन्त्र उच्चारण गरेर पराभौतिक शक्तिमा ध्यान केन्द्रित गर्ने, सबै कृत्यलाई योग तन्द्रामा लैजाने अर्थात् सेल्फ हिप्नोटाइज गर्ने हाम्रो संस्कृति हो । जुन हाम्रो अवचेतन मनलाई जागृत गराउने गहिरो प्रक्रिया हो ।

त्यस्तै एकदमै हियाएर गोर्खे पारा र नाथे भनिन्छ । गोरख र नाथ गोरखनाथसँग जोडिएर आएका शब्द हुन् । गोरखनाथ शिवका नजिकका शिष्य, एक सिद्ध योगी थिए ।

आज नेपालीलाई गोर्खाली भनेर चिनिनुको कारण पनि त्यही साधनाले सम्मोहित भएको हाम्रो चेतकै कारण नै हो । जसले बारुद बमको अगाडि पनि म जित्छु भन्ने हिम्मत लिएर एउटा खुकुरी लिएर हजारौंलाई काटेर आउँथे ।

एउटा बीजमा लुकेको रुख जसरी प्रकृतिको तालमेलमा रह्यो भने रुख बनेर बाहिर आउँछ त्यसरी मान्छेमा रहेको प्रकृतिको शक्ति जसलाई साधना र मन्त्रको पुनरोक्तिमा बाहिर ल्याउन सकिन्छ । यसैका लागि परापूर्व कालदेखि नै मन्त्रोच्चारण, यसको पुनरोक्ति र योगासनलाई साधनका रुपमा अपनाइएको हो । यही कुरा हामीलाई वाहियात लागिरहँदा पश्चिममा डेल कार्नेगी, नेपोलियन हिल, रण्डा वर्न, जोशेफ मर्फी जस्ता लेखकहरुले पुनरोक्तिलाई जोड दिएर लेखिएका ‘पावर अफ सव कन्सस माइण्ड’, ‘थिङ्क एण्ड ग्रो रिच’, ‘पावर अफ पोजेटिभ थिङ्किङ’, ‘द सिक्रेट’ जस्ता पुस्तकहरु धेरै रुचाइए । ती पुस्तकको आशय एउटै छ कि हजार पटक दोहोर्‍याएर सकारात्मक कुरा अन्तरमनमा पठाउँ र त्यसलाई सिद्ध पारौं । हामीले बिहान गर्ने जप ध्यान नै यी पुस्तकहरुले व्यक्त गरेका आशय हुन् । तर, हामी हाम्रा अभ्यासलाई रुढी र पछौटे भनाउन व्यस्त छौं । फरक के छ भने यता संस्कृत, नेपाली या हिन्दी भाषामा छन्, उता अंग्रेजीमा । हामी संस्कृत, नेपाली र हिन्दीमा छापिएका हाम्रा प्राचीन अभ्यासलाई रुढी भन्छौं र पश्चिमाले अंग्रेजीमा छापेर गरेको त्यसैको नक्कललाई वैज्ञानिक ।

हाम्रा ऋषिमुनिहरुले चेतन मनले गर्न नसक्ने काम अवचेतन मनको निर्देशनमा गर्नसक्छ भनेर मन्त्र बनाएर स्वसम्मोहन (सेल्फ हिप्नोटाइज) मार्फत मान्छेलाई अब्बल बनाउन अभिप्रेरित गरिरहे । त्यसैका उपज हुन् हाम्रा अधिकांश संस्कृतिहरु । जुन कुरालाई समग्र भाषामा अध्यात्म (तन्त्र) भनियो । तर, जति पछि आयो मन्त्र सबैलाई सुनाउनै हुँदैन भन्दै गोप्य राख्दाराख्दै ती छोपिंदै गए । आज हामी हाम्रा पुर्खाहरुले तन्त्रबाट कल्पनातीत काम गरेको पढ्दै यन्त्रको चमत्कार पर्खेर बसिरहेका छौं ।


प्रतिक्रिया

4 thoughts on “तन्त्र: अन्तरतम ऊर्जाको जागृति

  1. गहिरो अध्ययन गरि लेखिएको यथार्थ लेख ! बिनुजिलाई साधुवाद !

  2. साह्रै चित्तबुझ्दो लेख , गहन अध्ययन पश्चात् लेखिएको लेख 🤔🤔हार्दिक नमन गर्दछु 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *