पुनः मतगणना गर्ने उच्च अदालतको फैसला तत्काल यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश – Nepal Press

पुनः मतगणना गर्ने उच्च अदालतको फैसला तत्काल यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्ने उच्च अदालतको फैसला तत्काल यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ ।

वडाध्यक्ष पदको निर्वाचनको मत गणना पुनः गर्ने उच्च अदालत पोखराको आदेशलाई सर्वाेच्च अदालतले यथास्थितिमा राख्न आदेश जारी गरेकाे हाे ।

शुक्रबार न्यायाधीश प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीकाे संयुक्त इजलासले यस्ताे आदेश जारी गरेकाे हाे ।

उक्त वडाको वडाध्यक्षमा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर, थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनः मतगणनाको माग राखेर गत जेठ १८ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

जसमा सुनुवाइ गर्दै उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गतेका दिन पुनः गणना गर्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध तिमिल्सिनाले सर्वाेच्चमा रिट दायर गरेका थिए । जसको प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले सुनुवाई गर्दै उच्च अदालत पोखराबाट भएको फैसला कार्यान्वयन गर्न आदेश दिएको हो ।

सो वडामा कांग्रेसका शिवप्रसाद तिमल्निाले १ हजार ६४३ मत पाएर विजयी घोषित हुँदा एमालेका थापाले १ हजार ६४० मत पाएका थिए । एमालेबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसका शिव तिमिल्सिनाले ३ मतले पराजित गरेका थिए । थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *