मानसिक समस्यामा थिइन् नर्स अनुमा, पहिले पनि गरेकी थिइन् आत्महत्या प्रयास
काठमाडौं । बोहराटारमा मृत भेटिएकी अनुमा श्रेष्ठ डिप्रेसनबाट पीडित रहेको खुलेको छ । वीर अस्पताल स्रोतकाअनुसार उनले यसअघि पनि आत्महत्या प्रयास गरेकी थिइन् ।
केही महिनाअगाडि विष सेवन गरेकी अनुमाको टिचिङ अस्पतालमा उपचार भएको थियो । केही दिन आईसीयूमा उपचारपछि उनी ठीक भएकी थिइन् ।
बाहिरबाट हेर्दा पछिल्लो समय उनको मानसिक स्वास्थ्य अवस्था सामान्य नै देखिएको एक सहकर्मीले बताए ।
‘अस्तिसम्म अफिस आउनुभएको थियो । आफ्नो कार्यसम्पादन राम्रैसँग गरिरहनुभएकोमा अचानक मृत्युको खबर सुनेर स्तब्ध छौं,’ सँगै काम गर्ने ती कर्मचारीले भने ।
प्रहरीका अनुसार कोशी अस्पतालमा कार्यरत डा. सुजन ढकालसँग लामो समयदेखि अनुमाको प्रेम सम्बन्ध रहेको बुझिएको छ । बोहराटारमा रहेको सुजनको घरमा पनि उनी आउने-जाने गर्थिन् । हिजो दिउँसो उनी जाँदा घरमा सुजनका बुबाआमा र भाइ थिए । सुजन भने काठमाडौंबाहिर रहेको प्रहरी स्रोतले बतायो ।
कोठाभित्र चुकुल लगाएर झुण्डिएको अवस्थामा अनुमानको शव भेटिएको थियो । उनको साथबाट एउटा डायरी प्राप्त भएको छ । डायरीमा उनले आफ्नो जीवन भोगाइहरु लेखेकी छन् । त्यसमा आत्महत्या गर्ने मनसाय उल्लेख नरहेको प्रहरीले स्रोत बताउँछ । यद्यपि, सुजनले विवाह गर्न नमानेका कारण आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
अनुमा वीर अस्पतालमा सातौं तहमा कार्यरत थिइन् । आत्महत्या गर्नुअघि प्रेमीसँगको तस्बिर फेसबुकमा पोष्ट गरेको बताइएको छ ।
मन्सिक समस्यामा रहेकी नर्स,तेहि माथी यो भन्दा अघि पनि बीस सेवन गरि सकेकी अनुसन्धान गर्दा राम्रो सङ्ग गर्नु होला बिचरा डा.ढकाल निर्दोस पनि त हुन सक्छ।