उपेन्द्र यादवले आज शपथ लिँदै
नेपाल प्रेस
२०८० वैशाख १९ गते ७:४७
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिदैँछन् ।
गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट विजयी यादवले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन ।
संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउने छन् ।
सोही उपनिर्वाचनबाट विजयी भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर