नेपाललाई संकट, कप्तान रोहित आउट हुँदा तेस्रो विकेट गुमायो – Nepal Press

नेपाललाई संकट, कप्तान रोहित आउट हुँदा तेस्रो विकेट गुमायो

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल रोहन मुस्तफाको बलमा बोल्ड हुँदा नेपाललाई ठूलो झड्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालका लागि चौथो नम्बरमा क्रिजमा आएका रोहित ९ बल खेल्दा १ रन मात्रै बनाउन सफल भए ।

यसअघि, दोस्रो विकेट गुमाउने क्रममा नेपालले ६.१ ओभरमा आसिफ शेखलाई गुमायो ।

आसिफ १० बलमा ८ रन बनाएर आयान अफजल खानको बलमा एलबीडब्लू आउट भए । ओपनर कुशल भुर्तेल यूएईको पहिलो सिकार बनेका थिए । उनी रोहन मुस्तफाको बलमा एल्बीडब्लू आउट भएका थिए । कुशल ८ बल खेल्दा १ रनमा पभेलियन फकिएका थिए ।

यो समाचार लेखिसक्दा नेपालले ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २३ रन बनाएको छ । क्रिजमा भीम सार्की र गुलशन झा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *