डा.मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्य मनोनीत
नेपाल प्रेस
२०८० वैशाख २२ गते १८:५५
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले रिजाललाई शुक्रबार केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
महाधिवेशनमा महामन्त्री पराजित भएका रिजाललाई देउवाले संसदीय चुनावमा टिकटसमेत नदिएपछि आलोचना भएको थियो ।
रिजाल टिकट नपाए पनि देशब्यापी रुपमा कांग्रेस जिताउने अभियानमा हिँडेका थिए । उनी पछिल्लो समय सत्तापक्ष र विपक्षका शीर्ष नेताहरुबीच राजनीतिक संवादमा सक्रिय छन् ।
प्रतिक्रिया