हिम पहिरोमा बेपत्ता भएका २ जनाको अवस्था अझै अज्ञात, ३ जनाको शव आफन्तले बुझे – Nepal Press

हिम पहिरोमा बेपत्ता भएका २ जनाको अवस्था अझै अज्ञात, ३ जनाको शव आफन्तले बुझे

कैलाली । दार्चुलामा हिम पहिरोमा हराएका २ जना अझै फेला परेका छैनन् । मंगलबार ब्यास गाउँपालिका–१ भोलुङमा हिम पहिरोमा बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परे पनि अझै २ जनाको अवस्था अज्ञात रहेको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।

बुधबार फेला परेका तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलङ्गा ल्याइएको छ । अन्य २ जनाको खोजी कार्य जारी रहेको प्रजिअ जोशीले जानकारी दिइन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव आफन्तले बुझिसकेका छन् भने ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ। यार्सागुम्बा टिप्न गएका उनीहरू त्रिपाल टाँगेर बसिरहेका बेला मंगलबार हिम पहिरो खस्दा ७ जनाले भागेर ज्यान जोगाउन सफल भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर