लुम्बिनीमा गुरुयोजना विपरीतका निर्माण रोक्न माधव नेपालको आग्रह – Nepal Press

लुम्बिनीमा गुरुयोजना विपरीतका निर्माण रोक्न माधव नेपालको आग्रह

रुपन्देही । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लुम्बिनीमा केञ्जे टांगेको बनाएको गुरुयोजनाभन्दा फरक रूपमा भौतिक पूर्वाधार भइरहेको गुनासो सुनिएको बताउँदै त्यसो नगर्न आग्रह गरेका छन् ।

उनले बुद्धको जन्मस्थल नेपाल भएको प्रमाणिक तथ्य रहँदा पनि कतिपय देशमा भ्रम फैलाइएकाले त्यस्ता कुराहरूलाई चिर्नुपर्ने बताउँदै त्यसका लागि सबैले सहकार्य गर्नुपर्ने धारणा राखेका छन् ।

लुम्बिनी विकास कोषसँग सहकार्यमा साउथ एसिया फाउण्डेशनले लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले विश्वमा बढ्दै गएको अशान्तिका कारण बुद्धको उपदेशको महत्त्व झनै बढेको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री नेपालले बुद्धको विचार र सन्देश मानव जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै उनले बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्धमार्गीहरु आउने वातावरण बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

उनले बुद्धको जन्म, ज्ञान प्राप्त गरेको स्थान र महापरिनिर्वाण स्थलबारे समेत स्पष्ट जानकारी दिने गरी सन्देश दिने गरी योजना बनाउन विकास कोषलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, पूर्व राजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्यायलगायतले लुम्बिनीको विकासको योजनाबारे आफ्नो धारणा राखेका थिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तीन दिनको लुम्बिनी बसाइँले लुम्बिनीको महत्त्वबारे थप बुझ्न पाएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर