कांग्रेस गण्डकी प्रदेश प्रमुख सचेतकमा न्यौपाने
नेपाल प्रेस
२०८० वैशाख २४ गते ११:०४
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनीत भएका छन् ।
न्यौपानेलाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनोनीत गरेका हुन् ।
उनी गोरखा १ (२) बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया