संसद बैठकमै नाङ्गिएका अमेशकुमार भन्छन्- बिचौलियाले बनाएको बजेट पढ्ने संसदमा मलाई बोल्न दिइएन – Nepal Press

संसद बैठकमै नाङ्गिएका अमेशकुमार भन्छन्- बिचौलियाले बनाएको बजेट पढ्ने संसदमा मलाई बोल्न दिइएन

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट बिचौलियाले बनाउने गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा बोल्न नदिएपछि कपडा उतारेका सिंह बैठकबाट बाहिरिएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताए।

उनले भने, ‘बजेट बिचौलियाले बनाउँछन् अर्थमन्त्रीले पढ्छन् सांसदहरूले ताली बजाउँछन्। के बजेटबारे छलफल हुन्छ ? मैले धेरै समय मागेको थिइन। दुई मिनेट बोल्न दिइएन।’

उनले आफू जनताको बीचबाट आएकाले कारबाहीको कुनै अर्थ नहुने बताए। नक्कली शरणार्थी प्रकरणदेखि भ्रष्टाचारको विषयमा आफूलाई बोल्न नदिएपछि आफूले विरोध जनाएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर