मान्छे निर्यात गरेको भरमा आठ ठाउँमा मन्त्रीमण्डल चलाएर देशले संघीयता धान्दैन : चित्रबहादुर केसी (भिडिओ)
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देशलाई संघीयता घाँडो भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तामा जान अहिले सांसदहरुकै खरिदबिक्री भइरहेको बताए ।
‘सिद्धान्त र नीति सबै परित्याग गरेर लहरो सत्ता पक्षमा । भने जस्तो भएन भने फेरि पार्टी परित्याग गर्ने । हामीले संविधानभित्रै रहेर आफ्नो मत राखेका छौं’, उनले भने, ‘कसरी पाल्नुहुन्छ आठ ठाउँमा पार्लियामेन्ट ? मन्त्रीमण्डल त्यो पनि दुई चार महिनामै बदलिरहने । त्यसैले नेपालले धान्न नसक्ने संघीय प्रणाली हो ।’
उनले मान्छे निर्यातबाट आएको रेमिट्यान्सले संघीयता धान्न नसक्ने बताए । लोकतन्त्र र गणतन्त्रमा कालो बादल मडारिरहेको उनको भनाइ छ ।