सन्दीपले गराए महत्वपूर्ण शल्यक्रिया, दुई हप्ता आराम गर्नुपर्ने
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेले लामो समयदेखि रोकिएको शल्यक्रिया आज गराएका छन् । काठमाडौंको नेपाल नेसनल अस्पतालमा उनको महत्वपूर्ण शल्यक्रिया भएको स्रोतले जानकारी दिएको छ ।
सन्दीपलाई करिब दुई वर्षदेखि शारीरिक समस्या देखिएको थियो । निकटस्थका अनुसार एक वर्षयता उनलाई दुखाईले चाप्दै लगेको थियो । उनले पेनकिलर खाएर दुखाईको सामना गर्दै आएका थिए । यद्यपि, आफ्नो समस्याबारे धेरैलाई जानकारी दिएका थिएनन् ।
डाक्टरले पहिल्यै शल्यक्रियाका लागि सल्लाह दिए पनि व्यस्त क्रिकेट सेड्यूलका कारण ढिलाइ भएको थियो । अहिले केही दिन खाली भएको बेला उनले शल्यक्रिया गराएका हुन् ।
नेपाल क्रिकेट संघका मेडिकल काअर्डिनेटर अभिषेकराज सिंहका अनुसार सन्दीपकाे शरीरमा रहेका ६ वटा लाइपाेमाहरू सर्जरी गरी निकालिएकाे छ ।
अब उनी दुई हप्तापछि मैदान फर्किन सक्ने डाक्टरले बताएका छन् । शल्यक्रिया सफल भएको जानकारी स्रोतले दियो । उनी भाेली डिस्चार्ज हुनेछन् ।
(*समाचार अपडेट गरिएकाे)