सुन तोलामा तीन सयले वृद्धि, चाँदीको मूल्य स्थिर
नेपाल प्रेस
२०८० वैशाख २६ गते ११:१५
काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा तिन सय रुपैयाँले बढेर एक लाख ११ हजार दुइ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै एक लाख १० हजार तिन सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी आजपनि एक हजार चार सय ४५ रुपैयाँमा स्थिर रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर