प्रधानमन्त्रीलाई देवेन्द्र पौडेलको सुझाव- नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्नुस् (भिडिओ)
नेपाल प्रेस
२०८० वैशाख २६ गते ११:४२
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।
उनले भने, ‘त्यो घटनामा निष्पक्ष ढंगले छानबिन गरेर नेपाली जनता र नेपाल पक्षराष्ट्र भएर गरिएको अन्तराष्ट्रिय सन्धि सम्झौताको पक्षमा नेपाल निष्पक्षतापूर्वक उभिएको कुरालाई अगाडि बढाउनुपर्छ ।’
उनले प्रधानमन्त्रीको प्रतिबद्धतालाई समर्थन गर्दै अरु कुनै दबाब र प्रेसरमा नपरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।
प्रतिक्रिया