पेशागत महासंघको भवन फिर्ता गर्न पुगेका एमालेका कर्मचारीसँग नेकपा एसका कर्मचारीको विवाद (तस्बिरहरू)
नेपाल प्रेस
२०८० वैशाख २६ गते १६:५४
काठमाडौं । लैनचौरस्थित भवन नेकपा एसनिकटका कर्मचारीले कब्जा गरेको भन्दै एमालेनिकट कर्मचारीको संगठन पेशागत महासंघ कार्यालय खाली गराउन पुगेका छन् ।
पुण्य ढकाल, भोला पोखरेललगायतका कर्मचारी नेता भवन खाली गराउन पुगेका हुन् । पहिले एमाले नफुट्दै लैनचौरस्थित अस्कल क्याम्पसनजिकैको उक्त भवनमा पछिल्लो समय नेकपा एसनिकटका कर्मचारी बस्दै आएका थिए ।
आज आफूहरूको सम्पत्ति कब्जा गरेको भन्दै फिर्ता गराउन गएकाहरू एमालेनिकटका कर्मचारी लैनचौर पुगेपछि केहीबेर दुई पक्षबीच वादविवादसमेत भएको थियो ।
तस्बिरहरू : गौरव पौडेल ।
प्रतिक्रिया
एसमा लुटेरा बाहेक कर्मचारी नै छैनन । तिनलाई भवन नदेउ ।