भ्रष्टाचार नियन्त्रणमा जनयुद्धमा जस्तै लडाइँ थालेको छु, ५ वर्षमा रेकर्ड बनाउँछु : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

भ्रष्टाचार नियन्त्रणमा जनयुद्धमा जस्तै लडाइँ थालेको छु, ५ वर्षमा रेकर्ड बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरू भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् ।

काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै विकास र समृद्धिविना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए ।

उनले भने, ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईहरूसँग अपील गर्न चाहन्छु ।’

आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए ।

उनले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तीनिहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’

जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्ति गरे ।


प्रतिक्रिया

3 thoughts on “भ्रष्टाचार नियन्त्रणमा जनयुद्धमा जस्तै लडाइँ थालेको छु, ५ वर्षमा रेकर्ड बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

  1. क्यान्टोनमेन्ट भ्रष्टाचारको फाईल पनि खोल्नुपर्यो। ललिता निवास काण्डका नाईकेलाई कारबाहि गर्नुपर्यो।

  2. यस्लाई केकाे दुबाेकाे माला लगाकाे याे ुालेलाई जुत्ताकाे माला लाउनु पर्ने 😡😡😡👺👺👹👹🖕🖕🖕👎️👎️💣️💣️💣️

  3. अहिलेको छानबिन तिमीले हुरू गरेकै होईन । रविले हो । तिम्रो हिम्मत भए क्याण्टोनमेण्टको छानबिन म विरूद्व गर भनेर प्रहरीलाई भन अनि पत्याउँला । देउवाको निर्देशनमा शरणार्थी मामलाका मुख्यदोषी खाँड द्वय र भाउनुलाई उम्काउने तिमी धाक लगाउने ? कोही जनताले पत्याउनेवाला छैन तिमीजस्ता भ्रष्टाचारीले भ्रष्टाचारको फाईल खोल्छ भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर