भीम रावलबारे एमाले प्रवक्ता भन्छन्- कार्यदलको काम सकिएपछि निर्णय हुन्छ
काठमाडौं । नेकपा एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेता भीम रावलसँग कार्यदलले वार्ता गरिरहेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा बसेको बैठकपछि उनले कार्यदलले प्रतिवेदन पेश गरेपछि रावलबारे आवश्यक निर्णय हुने बताए ।
उनले भने, ‘भीम रावलको विषयमा अहिलेको बैठकको एजेण्डा छैन । कार्यदलले अहिलेसम्म प्रतिवेदन पेश गरेको छैन । त्यो कार्यदलले वार्ता छलफल गरेर के गर्ने भन्ने प्रस्ताव पेश गर्छ । त्यो काम भएको छैन ।’
रावलसँग पार्टीमा बस्ने कि नबस्ने भन्ने निर्णय लिन एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेको ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।