दलको पछ्यौरीले अनुहार छोपेर काला कर्तुत गर्नेहरुलाई छाड्दैनौँ : कानूनमन्त्री गुरुङ (भिडिओ)
काठमाडौं । कानूनमन्त्री धनराज गुरुङले भ्रष्टाचारीमाथि कारवाही गर्न सरकार कठोर बन्ने बताएका छन् ।
निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भ्रष्टाचारीको कुनै लिंग, जात, धर्म, बर्ण, क्षेत्र, राजनीतिक पार्टी र राष्ट्रियता हुँदैन भन्ने मान्यताका साथ भ्रष्टहरुलाई कारवाही गरेरै छाड्छौं ।’
गृहमन्त्रीलाई आफूले भ्रष्टाचारीलाई कारवाही गर्ने बिषयमा खुट्टा नकमाउन भनिसकेको बताए ।
उनले भने, ‘मैले उहाँलाई मात्रै होइन, प्रधानमन्त्रीलाई पनि भनेको छु एक ठाउँमा उभिऊँ । रुपान्तरण गर्ने क्रममा अनुहार हेर्न हुन्न । कुनै दलको पछ्यउरीले अनुहार छोपेर काल कर्तुत गर्नेहरुलाई अब ति पछ्यउँरीहरु उघार्दिनैपर्छ ।’