प्रधानमन्त्रीको प्रष्टोक्ति- शीर्ष बैठक संसद सञ्चालनमा केन्द्रित छ, पछिल्ला प्रकरणबारे होइन (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको प्रष्टोक्ति- शीर्ष बैठक संसद सञ्चालनमा केन्द्रित छ, पछिल्ला प्रकरणबारे होइन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलका शीर्ष नेताबीच पछिल्ला भेटघाटबारे भ्रम फैलिएको भन्दै ती भेट संसद सन्चालन सन्दर्भमा केन्द्रित रहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवासँगको छलफलपछि सिंहदरवारबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले संसद संचालन,संयुक्त र विषयगत संसदीय समिति गठन लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीले भने- मिडियाहरुमा आएजस्तो पछिल्ला प्रकरणमा यो छलफल भएको होइन । सदनलाई कसरी सुचारु ग्र्ने,समितिहरु ग्ठन गर्ने विषयमा बढी छलफल भइरहेको छ । जहाँसम्म यो पछिल्लो घटनाबारे छ,दोषी कोही नउम्कियोस र निर्दोष कोही नपरोस् भन्नेमा हामी एकमत छौं । प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने कुरामात्र भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर