विद्यार्थी नेताहरूको एकस्वर- शरणार्थी प्रकरणमा दबाबमा नपरी संलग्न सबैलाई कारबाही होस् (भिडिओ) – Nepal Press

विद्यार्थी नेताहरूको एकस्वर- शरणार्थी प्रकरणमा दबाबमा नपरी संलग्न सबैलाई कारबाही होस् (भिडिओ)

काठमाडौं । विभिन्न दलनिकट विद्यार्थी संगठनका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै दबाबविना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको पनि अपराध भएकाले कुनै दबाबविना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले न्यायिक निष्कर्षमा पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने प्रश्न उठेकाले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताइन् । सरकारलाई कमजोर पार्ने काम गर्न नहुने उनको भनाई थियो ।

एमालेनिकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने भन्दै यसलाई पार्टीसँग जोडेर हेर्न नहुने बताए । यस प्रकरणले विश्वजगतमा नेपालको नाम बदनाम भएकाले राष्ट्रद्रोह गर्नेलाई कारबाही हुनुपर्ने बडालको जोड थियो ।

त्यस्तै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको साथमा रहेको भन्दै कुनै दबाब र प्रभावमा नपर्न खबरदारी गरे ।

अन्य विद्यार्थी संगठनका नेताहरूले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै भेदभाव नगरी संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर