माइतीघरमा नेकपा एसको प्रदर्शन- शरणार्थी प्रकरणका सबै दोषीलाई कारबाही होस् (तस्बिरहरू)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौंको माइतीघरमा एकीकृत समाजवादीघटकका संगठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन् । निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नढकेल्न समेत प्रदर्शनकारीले ध्यानाकर्षण गराए ।
नेकपा एसका स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले भ्रष्टाचारविरुद्धको आन्दोलनको उद्घोष गरेको र यसलाई देशव्यापी बनाउने बताएका छन् । राजनीतिलाई आधार बनाएर हुने भ्रष्टाचारले समग्र मुलुक र राजनीतिको बदनाम भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उनको भनाई छ ।
समाजवादीका मोर्चा संगठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सबै प्रकारका भ्रष्टाचारहरूलाई छानबिन गर्नुपर्ने आवाज उठाएका छन् ।
सबैभन्दा ठूलो भ्रष्टाचारी बालुवाटारको जग्गा खानले फ्याँकेको हड्डी खानेहरू भ्रष्टाचार विरोधी ? भन्न लाज छैन ?