एमाले बैठक: प्रतिवेदनमाथि छलफल गर्न आठ समूह बनाइने
नेपाल प्रेस
२०८० वैशाख २८ गते १८:००
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पेश भएका प्रतिवेदनमाथि छलफल गर्न आठ समूहमा बनाइने भएको छ ।
शुक्रबारको बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा बाँकी प्रदेशको पेश भएपछि समूहमा छलफल हुने प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनसहित बैठकमा प्रस्तुत अन्य रिपोर्टमा समूहगत छलफल हुने उनको भनाइ छ ।
आज मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले र कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरे ।
प्रतिक्रिया