एमालेको बैठकको मिसन : २०८४ को निर्वाचनमा बहुमत प्राप्त पहिलो शक्ति (भिडिओ) – Nepal Press

एमालेको बैठकको मिसन : २०८४ को निर्वाचनमा बहुमत प्राप्त पहिलो शक्ति (भिडिओ)

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकले २०८४ को निर्वाचनमा बहुमत ल्याउने लक्ष्यका साथ अघि बढ्ने मिसन अघि सारेको छ ।

पार्टीको जारी केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले पार्टी पंक्ति आगामी निर्वाचनमा केन्द्रित हुने बताए ।

उनले आजको बैठकमा मिसन ग्रासरुट अभियानको समिक्षा अन्र्तगत बागमती प्रदेशको तर्फबाट गोकर्ण बिष्ट, पेशागतको तर्फबाट सुजिता शाक्य, सम्पर्क सम्मन्वयन समितिको तर्फबाट लालबाबु पण्डीत, गण्डकीको तर्फबाट पद्म अर्यालले आजको बैठकमा प्रदेशको रिपोर्ट परेको बताए । अन्य प्रदेशको हिजोको बैठकमा प्रस्तुत भएको थियो ।

आठ समूहमा विभाजन गरेर राय सल्लाह सुझावको लागि छलफल भइरहेको उनको भनाइ छ । बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको आगामी कार्ययोजना बारेमा प्रस्तुत गरेको बताए । सबै सुझावलाई ध्यानमा राखेर भोलि स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार गर्ने बताए ।

उनले भने, ‘नेकपा एमालेलाई जनताको रोजाईको पहिलो पार्टीको रुपमा रुपमान्तरण गर्नेगरी २०८४ को निर्वाचनलाई केन्द्रीत गरेर पार्टी पंक्ति परिचालित हुने जोड दिन्छौं। त्यसमा पार्टीको बैठक केन्द्रीत भएको छ ।’

बहुमत प्राप्त पहिलो पार्टी कसरी स्थापित हुने भन्ने सुझाव बैठकमा लिइरहेको बताए। समूहगत छललफलमा रचनात्मक सुझाव आएको सोहीअनुसार अघि बढ्ने बताए । उनले संगठानात्मक रुपमा पनि एमाले अरु भन्दा बलियो शक्ति रहेको दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर