अब भ्रष्टाचार नेपाली जनताले सहँदैनन्, सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्छ : रवि लामिछाने (तस्बिरहर/भिडिओ) – Nepal Press

अब भ्रष्टाचार नेपाली जनताले सहँदैनन्, सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्छ : रवि लामिछाने (तस्बिरहर/भिडिओ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

नागरिक समाजले शरणार्थी प्रकरणका कुनै दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शन गरेका हुन् ।

भ्रष्ट, नालायकहरू विरुद्ध सबै एकजुट हुने दिन आयो, पार्टी, संस्था, वादलाई आफैसित राखेर राष्ट्रका लागि उत्रने बेला आयो भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले कुनै पनि दबाबमा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई मुक्त गर्न नहुने जनाएका छन् ।

प्रदर्शन सभा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेर एकबद्धता जनाएका थिए ।

उनले भ्रष्टाचार अव नेपाली जनताले नसहने भन्दै यसअघिको सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने बताए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरूले टोपबहादुर हो कि टापबहादुर, सचिव/मन्त्री सोचेको तस्कर र बिचौलिया परेछ, देशमा अर्थतन्त्र मन्द छ, नेताहरूको भ्रष्टाचार धन्दा छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तस्बिरहरू : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर