नयाँ नक्सा जारी भएपछि संविधानको अंग बन्यो, भारतसँग कूटनीतिक वार्ता गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ) – Nepal Press

नयाँ नक्सा जारी भएपछि संविधानको अंग बन्यो, भारतसँग कूटनीतिक वार्ता गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सीमा नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने बताएकी छन्।

शनिवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको प्रस्टाइन्।

उनले भनिन्, ‘दुई देशबीच सीमालाई सम्मान गर्नुपर्छ। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन्। हाम्रो देशको नक्सामा संसद्ले यो भूमिलाई समावेश गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमता, राष्ट्रिय एकतामा ऐतिहासिक रूपमै नयाँ एकताको सञ्चार भएको छ। भौगोलीक अखण्डता र देश प्रेमप्रतिको अटल विश्वास प्रदर्शित भएको छ।’

कालापानीको विषयलाई व्यवहारिक निष्कर्षमा पुर्‍याउनका लागि काल गण्डकीको मुहानबारेमा ऐतिहासिक प्रशंगलाई स्मरण गर्नुपर्ने बताइन्।

‘सिमानाको विषय दुई पक्षीय कूटनीतिक विषय बन्छ। आज चर्चा गरिरहेको नेपाली भूगोल मित्रराष्ट्र भारतसँग सम्बन्धित हुन पुग्यो। त्यस कारण दुई देश बीचको सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नुपर्छ’ उनले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर