ओलीको अड्डी- संघीयतामाथि पुनर्विचार हुँदैन – Nepal Press

ओलीको अड्डी- संघीयतामाथि पुनर्विचार हुँदैन

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्बैद्ठरीय समिति वैठकमा संघीयताबारे कुनै निर्णय नभएको प्रष्ट पारेको छ। केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले संघीयतामाथि पुनर्विचार नगर्ने अध्यक्ष केपी शर्मा ओलीले बताएको जानकारी दिए ।

उनले भने, ‘एमालेको बैठकमा संघीयताको बारेमा बहस सुरु भयो एमालेले संघीयतामाथि पुनर्विचार गर्नुभयो अब संघीयता नमान्ने भन्ने हल्ला चलेका छन्। त्यो अध्यक्षले खारेज गर्नुभएको छ। संघीयता अहिले छलफलको विषय होइन।’

केही व्यक्तिले छलफलको क्रममा राखेको विषयलाई पार्टीको आधिकारिक निर्णय जस्तो गरेकोप्रति अध्यक्ष ओलीले आपत्ति जनाएको उनको भनाइ छ।

उनले भने, ‘यो पार्टीको विधि र पद्धतिकै हिसाबले गरेको छ। संविधानको निर्माता एमाले हो। यो संविधानलाई बनेपछि नाकाबन्दी समेत सहेका छौँ। त्यसैले यो संविधानविरुद्ध हामी जान्दैनौँ।’

बैठकमा गोकुल बास्कोटा, महेश बस्नेतलगायत नेताहरूले संघीयतामाथि प्रश्न उठाएका थिए।


प्रतिक्रिया

2 thoughts on “ओलीको अड्डी- संघीयतामाथि पुनर्विचार हुँदैन

  1. केपी ओलीले बुझ्नैपर्छ। संघीयतामाथि पुनर्विचार गर्नैपर्छ।
    २०६२-२०६३ को जनआन्दोलनको मुख्य माग परिपूर्ण लोकतन्त्रमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाउनु थियो तर आन्दोलनको माग र देशको आवश्यकताविपरीत धर्मनिरपेक्षता घुसाइयो र संघीयता लादियो। तर त्यतिखेर भिंडको पछि लागेर हामीले संगठित रूपमा त्यसको विरोध गर्न नसक्दा अहिले दुस्परिणाम भोग्दैछौं।

    1. संघियता नेपालको आबस्यकता होइन । यो कस्तो रहेछ, प्रदेश चलाऊन कति खर्च हुदो रहेछ भन्ने कुरा जनताले बुझे । त्यसले यो औचित्यहिन छ । खारेज गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर