अमेरिकी मकै आयात घटाउँदै चीन – Nepal Press

अमेरिकी मकै आयात घटाउँदै चीन

काठमाडौं । चीनले अमेरिकाबाट आयात हुने मकैको मात्रा घटाएको छ । अमेरिकी अखबार ब्लुमबर्गका अनुसार चीनले सहज र सस्तो भएकाले ब्राजिलबाट मकै आयात बढाएको छ ।

उक्त अखबारका अनुसार पछिल्लो तीन हप्तामा चीनले अमेरिकाको ८ लाख ३२ हजार टन मकै माग रद्द गरेको छ । चीनले गत वर्ष २ करोड १० लाख टन मकै आयात गरेको र चीन मकै आयात गर्ने विश्वको एक प्रमुख बजार भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

चीनले ब्राजिल जस्तै दक्षिण अफ्रिकाबाट पनि मकै आयातमा प्राथमिकता दिन थालेको उसले उल्लेख गरेको छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकी देशहरुको संस्था ब्रिक्सको सदस्य हुन् ।

ट्रम्प कालमा सुरु भएको अमेरिका र चीनको व्यापार युद्धले अहिले मकैमा प्रभाव पारेको बताइएको छ । पछिल्लो समयमा ब्राजिलले चीनसँग निकट सम्बन्ध बनाएको छ । ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो भने ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा गत अप्रिल १२ मा चीनको तीन दिने भ्रमणमा आएका थिए ।

भ्रमणमा लुलाले दुई देशको कारोबारमा अमेरिकी डलर प्रयोग नगर्ने प्रस्ताव गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *