शरणार्थी प्रकरणका दोषीलाई देशद्रोहको मुद्दा चलाउनुपर्छ : विष्णु रिजाल
नेपाल प्रेस
२०८० जेठ १ गते ८:४२
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शरणार्थी प्रकरणका दोषीमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन् ।
आफ्नो देशका नागरिकहरूलाई जानाजान ठगेर देशलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्नेहरूमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने उनकाे भनाइ छ ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो । खासमा देशद्रोह हो । उप प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव– जोसुकै होऊन, कानुनको नजरबाट बराबर साबित गर्नुपर्छ ।’
प्रतिक्रिया