एमालेलाई माओवादीको जवाफ- हावामा होइन, तथ्यमा उभिएर बहस गरौं (भिडिओ) – Nepal Press

एमालेलाई माओवादीको जवाफ- हावामा होइन, तथ्यमा उभिएर बहस गरौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्रीको भारत प्रमणको विषयमा प्रश्न उठाएपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले भ्रष्टाचारको विषयमा छानबिन भइरहेको बेलामा विषयान्तर गरेर अरु कुरा अगाडि नबढाउन आग्रह गरे ।

‘भ्रष्टाचारको विषयमा आरोप प्रत्यारोप होइन । एउटा विषय अघि बढिरहेको बेलामा अर्को विषय उठाइदिएर विषयान्तर नगरौं । यो विषयमा सत्य तथ्य पुर्याउनका लागि सबैले साथ दिऔं’, उनले भने, ‘हामीले हाम्रो देशको राष्ट्रियतालाई मध्यनजर गर्दै यस प्रकारणको घटनालाई ठिक ढंगले टुंग्याउनुपर्छ । त्यसैले हामीले सामूहिक संकल्प गरेर अघि बढ्नुपर्छ । हामीले मिलेर अघि बढ्नुपर्छ ।’

उनले जनतामा अहिले राजनीतिक नेतृत्व र प्रशासनप्रति नै वितृष्ण पैदा हुँदै गएको उल्लेख गरे ।

‘भर्खरै बोल्ने माननीयहरुले पनि बोल्नुभयो । हाम्रो देशबाट अर्को देशमा प्रधानमन्त्री भ्रमण जाँदा खेरी कुनै परिघटना हुन्छन् कि भनेर सचेत गराउनुभएको छ’, पौडेलले भने, ‘म के भन्न चाहन्छु भनेर हावामा बहस नगरौं तथ्यमा उभिएर बसह गरौं। सबै दलसँग सुझाव लिएर मात्रै भ्रमणमा जानुहुन्छ । नेपालको सार्वभौमता, नेपालको अखण्डतालाई अच्युण राख्नेगरी अघि बढ्ने पेश गरेरै अघि बढ्नुहुन्छ ।’

एमाले सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको मिति सारेर आफ्नो एजेण्डामा सहमति गर्न कूटनीतिक दबाब बढाएको दाबी गरेका थिए ।

भारतमा प्रधानमन्त्रीलाई आउन नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गरेको उनको भनाइ थियो । उनको भनाइप्रति असहमति राख्दै प्रधानमन्त्रीले संसदलाई जानकारी गराएरै छिमेकी देशहरुको भ्रमण गर्ने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर