संसदमा टिसर्ट-जिन्स लगाउँदा ट्रोल भएकी सुमनाले संसदबाटै दिइन् जवाफ (भिडिओ) – Nepal Press

संसदमा टिसर्ट-जिन्स लगाउँदा ट्रोल भएकी सुमनाले संसदबाटै दिइन् जवाफ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ संसद बैठकमा सहभागी हुँदा लगाएको पोशाकलाई लिएर ट्रोल भइन् । उनले जिन्स पाइन्टमाथि टिसर्ट र त्यसमाथि कोट लगाएको तस्बिर राख्दै फेसबुक–ट्वीटरमा केहीले औपचारिक पोशाक लगाउन सुझाव दिएका थिए । यो विषयमा आज उनले संसदमै जवाफ दिएकी छन् ।

संसदको शून्य समयमा बोल्दै सुमनाले पोशाकमाथि गरिएको टिप्पणीलाई ‘नयाँ पुस्तामाथिको रणनीतिक हमला’ को .संज्ञा दिइन् । यसको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने उनले बताइन् ।

सुमनाको लिखित सम्वोधन यस्तो थियोः

हरेक सामाजिक परिवर्तनको सुरुवात सत्तामा रहेका शासकहरुले परिवर्तनको मशाल बोक्नेहरुलाई दवाएरै सुरु हुन्छ । त्यसपछि व्यक्तिगत आक्रमणहरु, नानाथरि नाम बोलाउने र धेरै देखावटी, प्रगतिशील र उदारवादी शब्दहरु प्रयोग गरेर समाजलाई विचलित गरिन्छ । बच्चा भनेर लेबल लगाइएका र टिसर्ट-जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएका सबै-हाम्रा परिवर्तनका वाहकलाई आश्वासन दिन चाहन्छु- हामी सही बाटोमा छौं । चाकडीबाजबाट टाढिएर, पहिरनको मर्यादाबाट निस्किएर, कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, राजनीतिक प्रवचनमा समेत जवाफदेहीताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामािथ यो रणनीतिक हमला हो । यसको रास्वपा विरोध गर्छ । सचेत रहनुहोस । तपाईंले हामीले रोक्न सक्नुहुन्न । सक्दैन त सक्नुहुन्न । समय निकै भएकैले होला टिसर्ट र जिन्समा अड्किनु भएको । यहाँहरुको प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरुको वैठक तय गर्ने ?

 


प्रतिक्रिया

One thought on “संसदमा टिसर्ट-जिन्स लगाउँदा ट्रोल भएकी सुमनाले संसदबाटै दिइन् जवाफ (भिडिओ)

  1. अब पहिरनमा कस्ले के लगाको छ तिर ध्यान छ भ्रष्टचारिहरूले देस खाइसके त्यसमा चासो छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर