म्याद थपलगत्तै टोपबहादुरको बयान सुरू – Nepal Press

म्याद थपलगत्तै टोपबहादुरको बयान सुरू

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीको बयान सुरू भएको छ ।

अदालतबाट ३ दिन हिरासतमा राख्न अनुमति पाएलगत्तै प्रहरीले उनलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगेको हो ।

पक्राउ पुर्जीपछि फरार रहेका रायमाझी ११ दिनपछि काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

यो प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि आज बयानका लागि सरकारी वकिल कार्यालय ल्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *