कोरिया जाने नेपालीले लाने अवैध सिमको कारोबार रोक्न पहल, विचौलियामाथि पनि निगरानी थालियो (भिडिओ) – Nepal Press
नेपाल प्रेस समाचार प्रभाव

कोरिया जाने नेपालीले लाने अवैध सिमको कारोबार रोक्न पहल, विचौलियामाथि पनि निगरानी थालियो (भिडिओ)

काठमाडौं । भाषा परीक्षा (ईपीएस) मा नाम निकालेर कोरिया गएका धेरै नेपालीले अरुको नामका प्रिपेड सिमकार्ड प्रयोग गर्न नदिन ईपीएस शाखाले नियामक निकायलाई पत्राचार गरेको छ । कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड उनीहरूले नेपालमै किनेर लैजाने गरेको समाचार नेपाल प्रेसले लेखेको थियो

कोरियाको प्रिपेड सिमकार्डको अवैध खरिदबिक्री रोक्न जिल्ला प्रहरी जिल्ला प्रहरी प्ररिसर ललितपुर र वाणिज्य विभागलाई पत्राचार गरिएको हो । शाखाले प्रहरीलाई अनुगमन एवं निगरानीको आवश्यक व्यवस्था गर्न अनुरोध गरेको छ ।

हिजोमात्रै ललितपुर प्रहरी परिसर र वाणिज्य विभागलाई शाखाले पत्र पठाएको ईपीएस कोरिया शाखा निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।

कटुवालले भने, ‘हामी पनि अवैध तरिकाले भएको कोरियाको प्रिपेड सिम कार्ड रोक्ने पक्षमा छौं । पुस ४ गते पनि ललितपुर प्रहरीलाई अवैध प्रिपेड सिम कार्ड रोक्न पत्रचार गरेका थियौं । फेरि पनि अवैध प्रिपेड सिमकार्ड बिक्री हुन थालेको सूचना आएपछि हिजोमात्रै पनि ताकेता गरिएको छ । कारबाही गर्न भनिरहेका छौं । अरुको नामको कोरियाको प्रिपेड सिमकार्ड बिक्री गर्नु अवैध हो ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले ईपीएस कोरिया शाखाले पठाएको पत्र आज प्राप्त भएको बताए ।

उनले भने, ‘पत्र हेर्दा ठगी भएको देखिन्छ । बीमा, फोटोकपी र प्रिन्ट मा बजार मूल्यभन्दा धेरै शुल्क लिएको पत्रमा भनिएको छ । अवैध भनिएको कोरियाको प्रिपेड सिम कार्ड समेत नेपालबाट नै बिक्री भएको कुरासमेत पत्रमा उल्लेख भएको छ । हामी प्रहरीसँग छलफल गरेर कारबाही अगाड बढाउने छौं ।’

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले ईपीएसले ईपीएस शाखाले अवैध तरिकाले प्रिपेड सिमकार्ड बिक्री भएको भन्ने पत्र आएको छ ।

उनले नेपाल प्रेससँग भने, ‘पत्र आउनसाथ हाम्रो टोलीले अनुसन्धान सुरू गरेको छ । सञ्चारको टोली त्यहाँ गएको छ । हामीले अवैध तरिकाले सिमकार्ड बिक्री भएको रहेछ भने कारबाही गर्नेछौं ।’

के छ शाखाले प्रहरीलाई काटेको पत्रमा ?

वैदेशिक रोजगार विभागलाई बोधार्थ दिइएको पत्रमा ईपीएस शाखाले अनुगमन एवं निगरानी गरिदिन अनुरोध गरेको छ ।

‘ईपीएस कोरिया शाखाबाट काम गराइदिन्छु भनी कर्मचारीहरूको नाममा विभिन्न समयमा विभिन्न व्यक्तिहरूले सेवाग्राहीहरूसँग रकम माग गरी ठगी गर्ने तथा वरिपरि रहेका बीमा, फोटोकपी, प्रिन्टिङ्गलगायतका कार्यहरुमा बजार मूल्यभन्दा चर्को शुल्क लिने गरेको सेवाग्राहीबाट गुनासो आएको छ’, पत्रमा भनिएको छ, ‘शाखाको परिसरबाहिर अवैधानिकरूपमा कोरियाको प्रिपेड सिमकार्ड वितरण गर्ने गरेको समेत जानकारीमा आएकोले उपरोक्त कार्यको अनुगमन एवं निगरानी गरी कानूनबमोजिम त्यस्ता कार्यमा संलग्नहरूलाई आवश्यक कारवाहीको व्यवस्था हुन अनुरोध छ ।’

के छ वाणिज्यलाई शााखाले लेखेको पत्रमा ?

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन एवं निगरानीको आवश्यक व्यवस्था गर्न शाखाले पत्र लेखेको हो ।

‘कोरियामा जाने कामदारहरुलाई यस शाखाको परिसरबाहिर अवैधानिक रुपमा कोरियाको प्रिपेड सिमकार्ड वितरण गर्ने गरेको जानकारीमा आएकोले उपरोक्त कार्यको अनुगमन एवं निगरानी गरी कानूनबमोजिम त्यस्ता कार्यमा संलग्नहरुलाई आवश्यक कारवाहीको व्यवस्था गर्नु होला,’ पत्रमा उल्लेख छ ।

कसरी हुन्छ नेपालबाट नै अवैध कोरियाको प्रिपेड सिमकार्ड बिक्री ?

कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड विचौलियाले नेपाल ल्याएर कोरिया जाने कामदारलाई दिने गरेका छन् ।

कोरियाबाट फ्रिमा सिमकार्ड ल्याएर सित्तैमा भनेर सिममा ३ हजारसम्म पैसा हाल्नुपर्छ भनेर ३ हजार सिममा पैसा हाल्ने गरेर बिक्री गर्ने गरेका छन् । नेपालबाट कोरियामा गएर काम गरिररहेका धेरै नेपालीले यतैबाट सिमकार्ड लगेर प्रयोग गरिरहेका छन् । जुन अवैध मानिन्छ ।

केही दिनअघि मात्रै अवैध प्रिपेड सिमकार्ड प्रयोग गरेर भ्वाइस स्क्याम (ठगी) गरेको भन्दै ३२ जनालाई विदेशीलाई पक्राउ गरिएको थियो ।

कुनै पनि अपराधमा सिमकार्ड प्रयोग भएको अवस्थामा जसले प्रयोग गरेको छ, उही पक्राउ पर्छ । त्यसैले अरुको नागरिकता र फोटो प्रयोग गरेर निकालिएको सीम प्रयोग गर्दा नेपालीहरू समस्यामा पर्न सक्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *