नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान : शंकर पोखरेल (भिडिओ) – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान : शंकर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान भएको बताएका छन् ।

राष्ट्रिय युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले मानव बेचबिखनमा मुलुकको नाम जोडिनु अन्तर्राष्ट्रिय जगतमा नै लज्जास्पद भएको र यस प्रकरणमा राष्ट्रमाथिको घात र अपमान भएको बताएका हुन् ।

उक्त प्रकरणमा बदमासी एउटाले गर्ने र संकेत अर्कोतर्फ गर्ने काम भएकाले त्यसप्रति सचेत हुन जरुरी रहेको उनको भनाइ थियो ।

एमाले नेतृत्वको सरकार भएका बेलामा बाँकी रहेका भुटानी शरणार्थीका विषयमा कार्यदल बनाइएको र कार्यदलले बनाएको प्रतिवेदनमाथि जालसाझी गरिएको पोखरेलले जिकिर गरे ।

उनले शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

‘भ्रष्टाचारका सबै काण्डहरुको छानबिन गर्न एमाले तयार छ’, महासचिव पोखरेलले भने, ‘अहिलेको सत्ता पक्ष पनि तयार हुनुपर्छ ।’

कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेबेले मुलुकलाई सुशासनतर्फ अघि बढाउन युवा संघले निरन्तर सचेत गराएको बताए ।

उनले युवाहरुलाई मुलुकमा स्वरोजगार बनाउनेगरी अभियान चलाउने काम युवा संघले गर्ने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर